८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कर्णाली प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना पुष्टि

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मी बाहेकका चार जना जिल्ला बाहिरको भएपनि जुम्लामा अन्य पेशा व्यवसायमा संलग्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

बुद्धिमान् मानिसको कोरोना परीक्षण

हेक्का रहोस्, जति आत्तिए पनि कोरोना महायुद्ध नेपालका निम्ति सुरुको अवस्थामा छ । हामीले होस पु¥याएनौँ भने भाइरस हड्बडिएर युद्ध क्षेत्रबाट भाग्नेवाला छैन ।

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। कर्णाली प्रदेश अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचार गराइरहेका दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको सोमबार राति साढे ९ बजे मृत्यु भएको हो।

संक्रमित १० हजार नाघे

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। थप ५ सय ३८ जनामा मंगलबार संक्रमण पुष्टि भएपछि कुल संक्रमित संख्या १० हजार ९९ पुगेको छ।

प्रदेश २ मा ३०९७ संक्रमित

प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ९७ पुगेको छ । मंगलबार थप ६८ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या तीन हजार ९७ पुगेको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।मंगलबार दुई जना महिलासमेत ६८ जना थप संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कोरोना महामारीकाे असर : विश्व व्यापारमा १९ प्रतिशत गिरावट

संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोना भाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउन समेतका प्रतिबन्धहरुले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ ।

रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाउँदा समुदायमा काेराेना फैलने जोखिम

विभिन्न मुलुकबाट जिल्लामा आएका व्यक्तिहरूमा सिमित देखिएको कोरोना भाईरस समुदायमा पनि फैलने उच्च जोखिम बढेको छ । क्वारेन्टिनमा रहेकाहरूमा मात्रै फेला परेको कोरोना बिस्तारै क्वारेन्टिन बाहिर समुदायमा पनि बढ्न थालेको छ । समुदायमा कोरोना संक्रमण फैलन सक्ने त्रासदी अहिले जिल्लामा ब्याप्त छ ।

कोरोना परीक्षण ढिला भएको नागरिकको गुनासो

अव्यवस्थित क्वारेन्टिनको बसाई । कोरोना परीक्षणका लागि स्वाब संकलन भएको लामो समय भैसक्दा पनि परीक्षण रिपोर्ट नआउनु । क्वारेन्टिनमा बसेकाहरु यो समस्याले आजित बनेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। मंगलबार ५३८ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना मुक्त भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा ७६ जना कोरोना मुक्त भएका छन्।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दैलेख, दुल्लुका ४५ वर्षिय पुरुषको असार ८ गते बेलुका प्रदेशिक अस्पताल सुर्खेतको आसोलेसनमा मृत्यु भएको हो।

थप ५३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमित भएका छन्। स्वा२स्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४४८ पुरुष र ९० महिला रहेका छन्।

प्रदेश १ : कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक

प्रदेश १ को सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले सोमबारको प्रदेश सभा वैठक अवरुद्ध पारेपछि प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो ।

कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

कर्णाली प्रदेश अस्पतालमा एक सातादेखि उपचाररत दैलेखका कोरोना संक्रमित युवकको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका–३ का ३५ वर्षीय युवकको उपचारका क्रममा सोमबार राति साढे नौ बजेतिर मृत्यु भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए।

हाच्छ्युँ गरेर कोरोना जाने भए १० अर्ब किन खर्च गरियो?

नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गरेका छन्। प्रधानमन्त्रीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले हाँच्छ्यु गर्दा कोरोना निको हुने भए किन लकडाउन गरियो भन्दै प्रश्न गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्