८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

कर्णाली प्रदेश अस्पतालमा एक सातादेखि उपचाररत दैलेखका कोरोना संक्रमित युवकको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका–३ का ३५ वर्षीय युवकको उपचारका क्रममा सोमबार राति साढे नौ बजेतिर मृत्यु भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए।

दुई महिनादेखि क्षयरोगको औषधि सेवन गरिरहेका ति युवक असार ३ गते कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि आएका थिए। ‘उपचारका लागि आएका युवकलाई आइसियुमा राखेर उपचार गरेका थियौं,’ डा. पौडेलले भने, ‘पाँच गते कोरोना संक्रमण पुष्टि भयो।’  

कोरोना संक्रमणबाट मृत्यु भएका युवक भारतबाट आएका होइनन्। ‘क्षयरोगका विरामी युवकलाई केही समय दुल्लु अस्पतालमा राखेर पनि उपचार गरिएको थियो,’ मेयर घनश्याम भण्डारीले भने, ‘यहाँ सन्चो नहुने देखिएपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको हो।’ योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

प्रकाशित: ९ असार २०७७ ०७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App