८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना केयर सेन्टरमा फेरिए दिल्लीका लग्जरी होटल

भाइरस संक्रमितलाई अस्पतालमा पर्याप्त बेड नभएपछि होटलमा राख्ने विश्वकै पहिलो सहर बनेको छ दिल्ली। सामान्यदेखि मध्यम खाले लक्षण देखिएका बिरामीलाई यसै सातादेखि राजधानीका यी होटलमा राखी उपचार गरिनेछ।

नारायण नेपालले ल्याए ‘विदेशी हैकम’

कोरोना कहरका बीचमा पत्रकार तथा लेखक नारायण नेपालले राष्ट्रियता झल्किने सांगितिक कोशेली ल्याएका छन् । लेखक नेपालले कोरोनाको संकटका बीच देशमा देखिएको भारतीय हेपाहा प्रवृत्ति र एमसीसी प्रकरण लगायतका बिषय समेटेर ‘विदेशी हैकम’ म्युजिक भिडियो ल्याएका हुन् ।

कोरोना संक्रमणबाट एकैदिन ३ सय ७० जना निको भए

सोमबार एकैदिन ३ सय ७० जना कोरोना संक्रमणबाट निको भएका छन् । निको भएका उनीहरु देशभरिका बिभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुनेमा ३२ जना महिला र ३ सय ३८ जना पुरुष रहेका छन् । सोमबार निको भएकासहित निको हुनेको संख्या २ हजार १ सय ४२ जना पुगेका छन् । ती मध्येमा १ सय ६१ महिला र १९ सय ६१ पुरुष छन् । एकैपटक धेरै जना डिस्चार्ज भएको पहिलो पटक रहेको यस अघिका तथ्यांकले औल्याएका छन् ।

दुई बालकसहित पर्सामा ११ जना डिस्चार्ज

वीरगन्जको नारायणी कोभिड अस्प्ताल गण्डकबाट ‘कोरोना’मुक्त भई सोमबार ११ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा पर्सा, सखुवाप्रसौनी गाउँपालिका–२ का एक जना डेढ वर्षीय र अर्का ३ वर्षिय बालक दाजुभाई पनि छन् । उनीहरु ३० वर्षीया आमासंग यहाँ भर्ना थिए । २ बच्चा र आमा गरी तीनै जना एकसाथ कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् ।

दाङमा एक जनप्रतिनिधि सहित १३ जनामा कोरोना संक्रमण

घोराहीमा एक जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार घोराही स्थित राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा घोराही उपमहानगरपालिका २ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका मेयर नरुलाल चौधरीले जानकारी दिए । उनको अवस्था भने सामान्य छ ।

तपाईंलाई कोरोना सर्ने जोखिम कति छ ? यसरी थाहा पाउनुस्

एसोसिएनका महासचिव छवि पोखरेलले यस्तो अनुसन्धानमूलक विधिले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम व्यवस्थापनमा धेरै सहयोग पुग्ने बताए।

परीक्षण हुन बाँकी नमुना निजी प्रयोगशालालाई दिइने

प्रयोगशालाहरुमा जम्मा भएका नमुनाहरु सरकारले अव निजी प्रयोगशालालाई दिने भएको छ। हाल सरकारी स्तरमा रहेका प्रयोगशालाको क्षमताले सवै नमुनाको परिक्षण समयमै गर्न नसकेपछि सरकारले निजी प्रयोगशाललाई दिने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

एकदिनमा अहिलेसम्मकै बढी एक लाख ८३ हजार संक्रमित थपिए : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्लो २४ घण्टा (एकदिन) मा १ लाख ८३ हजार जनामा संक्रमण पुष्टि भएको हो। यो एकदिनमा देखिएको अहिलेसम्मकै बढी संक्रमण हो । त्यसमा पनि उत्तरी र दक्षिण अमेरिकाको मात्र ६० प्रतिशत संक्रमित रहेको डब्लुएओले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ३५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये ४६१ पुरुष र ७४ महिला रहेका छन्। जम्मा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ।

कोरोना जित्नेलाई बेहुलाझैं सिँगारेर बिदाइ

कोरोना जितेर डिस्चार्ज भएका सिन्धुलीका तीन जनालाई बेहुलाझै सिगारेर अस्पतालले विदाइ गरेको छ। भारतबाट आएर सिन्धुलीको क्वारेन्टाइनमा बसेका तीन जनालाईलाई कोरोना भाइरस पुष्टि भएसँगै सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए।

दुई महिलामा कोरोना संक्रमण, सिन्धुमा संक्रमित २९ पुगे

सिन्धुपाल्चोकमा कोरोना संक्रमित दुई महिला थपिएका छन्। सुनकोसी गाउँपालिकास्थित क्षेत्रीय क्वारेन्टिनमा बस्दै आएका बलेफी गाउँपालिका–१ की २४ र बाह्रविसे नगरपालिका–७ की ३९ वर्षीया महिलामा कोरोना संक्रमण पाइएको हो।

दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने

दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ। दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार सो समाचार दिएको छ।

कोरोना भाइरसबाट विश्वमा ४ लाख ७० हजार भन्दा बढीको मृत्यु, ९० लाख ५१ हजार भन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७० हजार ८२२ पुगेको छ ।

बौद्धबाट मुस्ताङ पुगेका वृद्धमा कोरोना संक्रमण

हिमालपारिको जिल्ला मुस्ताङमा पनि कोरोनाका बिरामी फेला परेका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिकाका ८३ वर्षिय वृद्धामा कोरोना संक्रमण पुष्टि भएको हो। मुस्ताङमा संक्रमित फेला परेसँगै प्रदेशका सबै ११ जिल्लामा संक्रमण पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्