१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

एकदिनमा अहिलेसम्मकै बढी एक लाख ८३ हजार संक्रमित थपिए : डब्लुएचओ

विश्वमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्लो २४ घण्टा (एकदिन) मा १ लाख ८३ हजार जनामा संक्रमण पुष्टि भएको हो। यो एकदिनमा देखिएको अहिलेसम्मकै बढी संक्रमण हो । त्यसमा पनि उत्तरी र दक्षिण अमेरिकाको मात्र ६० प्रतिशत संक्रमित रहेको डब्लुएओले जनाएको छ ।

अहिले विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण अमेरिकामा छ । त्यहाँ अहिलेसम्म २२ लाख ७९ हजार भन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमित भइसकेका छन् भने तीमध्ये २ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।  

दोस्रोमा ब्राजिल छ । त्यहाँ ११ लाख संक्रमति भएका छन् भने ५० हजारभन्दा बढीको मृत्यु भइसकेको डब्लुएचओको तथ्यांकमा उल्लेख छ।  

विश्वभरमा भने संक्रमितको संख्या ८९ लाख नाघेको छ । 

प्रकाशित: ८ असार २०७७ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App