coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कोरोना जाँच गरेर मात्र प्रवेश दिन निर्देश

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले सीमाक्षेत्रबाट नेपाल आउने सबैको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने व्यक्तिको पहिचान खुल्नेगरी अभिलेख राख्न र स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको हो।

समुदायस्तरमा कोरोना जाँच

बागलुङमा समुदायस्तरमा कोरोना जाँच थालिएको छ। जोखिम समूह पहिचान गरी स्वाबको नमूना लिइएको हो। आज र भोलि गरी सदरमुकामभित्रका कम्तीमा दुई सय जनाको स्वाब सङ्कलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

चाडपर्व मनाउनेसम्बन्धी मापदण्ड पारितः ६ लाखको कोरोना जाँच गरिने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बढीभन्दा बढी व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

एकदिनमा अहिलेसम्मकै बढी एक लाख ८३ हजार संक्रमित थपिए : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्लो २४ घण्टा (एकदिन) मा १ लाख ८३ हजार जनामा संक्रमण पुष्टि भएको हो। यो एकदिनमा देखिएको अहिलेसम्मकै बढी संक्रमण हो । त्यसमा पनि उत्तरी र दक्षिण अमेरिकाको मात्र ६० प्रतिशत संक्रमित रहेको डब्लुएओले जनाएको छ ।

ताप्लेजुङमा एक सय ६ जनाको पीसीआर रिपाेर्ट नेगेटिभ

ताप्लेजुङका विदेशबाट आएका ३ जनाको पीसीआर परीक्षा रिर्पोट नेगेटिभ आएको छ । उनीहरु फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेका थिए।

कोरोना जाँचमा दोस्रो जुम्ला, पहिलो काठमाडौँ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ।

क्वारेन्टिनमा शून्य सुरक्षा, सहजै भाग्छन् क्वारेन्टिन बसेकाहरू

तीन दिन अघि तुलसीपुर उपमहानगरपालिका ८ स्थित क्वारेन्टिनबाट एक महिला भागिन् । स्थायी घर सल्यान भई हाल तुलसीपुरमा डेरा गरि बस्दै आएकी ति महिला र उनका श्रीमान केही दिन अघि भारतबाट आएका थिए । उनीहरू दुबैजना क्वारेन्टिनमा बस्दै आएका थिए । मध्यरातमा क्वारेन्टिनबाट भागेकी महिलाका श्रीमानले समेत उनी भागेको थाहा पाउन सकेनन्।

संक्रमितलाई नै घर पठाईयो

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अन्तर्गत कोराना संक्रमितहरूलाई पनि घर पठाउन थालिएको छ । संक्रमण भएर अस्पताल बसेकाहरूलाई कोरोना जाँच नगरेरै घर पठाउन थालिएको हो । मन्त्रालयले चार दिन अघि निर्देशिका जारी गर्दै १४ दिन सम्म कोरोनाको लक्षण नदेखिएका तर आइसोलेसनमा बसेका संक्रमितहरूलाई घर पठाउन भनेको थियो ।

धमाधाम क्वारेन्टिनबाट घर पठाइदै

भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरूलाई आरडिटी परीक्षण गरेर सिधै घर पठाउने गरिएको छ । जेठको पहिलो साताबाट भारतका बिभिन्न रेडजोनबाट करिव ८० हजार जति सुदूरपश्चिममा भित्रिएका छन्। कुनै जाँच नगरि सिमानाकाबाट गाउँगाउँमा लगेर क्वारेन्टिनमा राखिएको थियो । आरडीटी जाँच गर्दै धमाधम घर पठाउन थालेपछि समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ ।

बन्दाबन्दीबाट बाहिरिऔँ

सरकारले बन्दाबन्दीलाई मात्र कोरोनाविरुद्ध लड्ने हतियारका रूपमा उपयोग गरेको छ। हो, यसबीच कोरोना जाँचका निम्ति २० स्थान तय भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्