१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङमा एक सय ६ जनाको पीसीआर रिपाेर्ट नेगेटिभ

ताप्लेजुङका विदेशबाट आएका ३ जनाको पीसीआर परीक्षा रिर्पोट नेगेटिभ आएको छ । उनीहरु फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेका थिए। कुवेतबाट एउटै जहाजमा आएकी पाँचथरकी एक महिलामा कोरोना संक्रमण फेला परेपछि ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेका उनीहरुको अवस्थाका बारेमा सवत्र चासो थियो।

‘पीसीआर रिर्पोट नेगेटिभ आएको छ, वाँकी दिन सावधानीपूर्वक विते समस्या छैन’ क्वारेन्टिनमा रहेका उनीहरु प्रति इंगित गर्दै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भने। उनका अनुसार ताप्लेजुङमा अहिले सम्म १ सय ६ जनाको पीसीआर र ६ सय ३५ जनाको आरडीटी परीक्षण गरिएको छ। १ सय ६ जनाको पीसीआर परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएकोले ताप्लेजुङमा अहिले सम्म कोरोना संक्रमण फेला नपरेको प्रजिअ निरौलाले बताए।

केहिदिन अघि ताप्लेजुङ स्थायी घर भएका ४ जनामा संक्रमण फेला परेको थियो। तर, उनीहरु झापाको बुद्धशान्ति गाउँपालिका र सुनसरीको भोक्राहा गाउँपालिकाका रहेको क्वारेन्टिनमा रहेका थिए। कामको सिलसिलामा भारत पुगेर फर्किएका उनीहरुलाई ताप्लेजुङ नआई पुग्दै बुद्धशान्ति र झोक्राहाकै क्वारेन्टिनमा परीक्षण गर्दा कोरोना संक्रमण फेला परेपछि उतैबाट उपचारका लागि धरानतर्फ लगिएको थियो । 

२ जनाको आरडीटी परीक्षणका क्रममा पोजेटिभ रिर्पोट आएपछि पीसीआर परीक्षण गर्दा दुबैको नतिजा कोरोना नेगेटिभ आए पछि ताप्लेजुङमा अहिले सम्म कोरोना संक्रमण नभएको जिल्लाको रुपमा रहेको प्रजिअ निरौलाले बताए। निरौलाका अनुसार अहिले सम्म ताप्लेजुङका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनमा ५६ जना रहेका छन्।  

प्रकाशित: ३ असार २०७७ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App