५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना जित्नेलाई बेहुलाझैं सिँगारेर बिदाइ

सिन्धुली अस्पतालबाट कोरोना जितेर फर्कने तयारीमा रहेका तीन युवालाई बेहुलाझै सिगारेर विदाई गरिदै। तस्बिरः अनिल भण्डारी/नागरिक

कोरोना जितेर डिस्चार्ज भएका सिन्धुलीका तीन जनालाई बेहुलाझै सिगारेर अस्पतालले विदाइ गरेको छ। भारतबाट आएर सिन्धुलीको क्वारेन्टाइनमा बसेका तीन जनालाईलाई कोरोना भाइरस पुष्टि भएसँगै सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए। भर्ना भएका तीनै जनालाई २२ दिनको अस्पताल बसाइपछि पिसिआर टेष्ट गर्दा नेगेटिभ आएकाले अस्पतालले बेहुलाझै सिगारेर विदाइ गरेको हो।  

यसरी सिगारिएर डिस्चार्ज हुनेमा तिनपाटन गाँउपालिका ३ का चन्द्रबहादुर गोले, कमलामाई नगरपालिका ११ का राजु गोले र कमालमाई नगरपालिका १४ का मनोज गदौली रहेको जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिए। डिस्चार्ज भएका तिनै जनालाई दुबोको माला खादा अविर लगाएर प्रदेश सभा सदस्य प्रदिप कटुवाल प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा विदाई गरिएको अस्पतालले जनाएको छ। अस्पतालका स्वास्थ्यकर्मीहरुले राम्रो व्यवस्थापन र सकरात्मक उर्जा पैदा गराएकाले आफुहरुले कोरोना जित्न सफल भएको डिस्चार्ज भएर फर्कदै गरेका कमलामाई नगरपालिका १४ का मनोज गदौलीले बताए। हामीले स्वास्थ्य कर्मीहरुको साथ र सहयोग पाएकाले हामीलाई कोरोना लागेको भन्ने महसुस नै भएन राम्रो व्यवस्थापनका साथै मायाममता पाएका थियौ, सबैलाई धन्यवाद दिन चाहन्छु, उनले भने।  

सिन्धुली अस्पतालमा कोरोना भाइरसका कारण अब १ जना आइसोलसनमा रहेको अस्पतालले जनाएको छ। तीन जना डिस्चार्ज भए अब १ जना अस्पतालको आइसोलेसनमा छन्, अस्पताल विकास समिति अध्यक्ष पोखरेलले भने, डिस्चार्ज भएको सबैलाई हामीले उत्साहित बनाउन फुलमाला अविरले सम्मान गरेका हौ। उनले अस्पतालको प्रागढमा भएको दुबोको माला बनाउन अस्पतालका सिस्टरनै लागि परेकाले दुबोको माला लगाइएको बताए।

प्रकाशित: ८ असार २०७७ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App