२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

दाङमा एक जनप्रतिनिधि सहित १३ जनामा कोरोना संक्रमण

घोराहीमा एक जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार घोराही स्थित राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा घोराही उपमहानगरपालिका २ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका मेयर नरुलाल चौधरीले जानकारी दिए । उनको अवस्था भने सामान्य छ ।

‘दुई नम्बरका वडा अध्यक्ष लाई कोरोना पुष्टि भएको छ,’ मेयर चौधरी ले भने, ‘उहाँको अवस्था भने सामान्य छ ।’ वडा अध्यक्ष सहित सोमबार दाङमा १३ जनामा संक्रमण पुष्टि भएको छ । घोराही २ का वडा अध्यक्ष सहित दाङमा कोरोना संक्रमीत जनप्रतिनिधिको संख्या दुई पुगेको छ । यसाघि दाङको बङ्गलाचुली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निको भएर घर फर्किसकेका छन ।

प्रकाशित: ८ असार २०७७ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App