७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना संक्रमणबाट एकैदिन ३ सय ७० जना निको भए

सोमबार एकैदिन ३ सय ७० जना कोरोना संक्रमणबाट निको भएका छन् । निको भएका उनीहरु देशभरिका बिभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुनेमा ३२ जना महिला र ३ सय ३८ जना पुरुष रहेका छन् । सोमबार निको भएकासहित निको हुनेको संख्या २ हजार १ सय ४२ जना पुगेका छन् । ती मध्येमा १ सय ६१ महिला र १९ सय ६१ पुरुष छन् । एकैपटक धेरै जना डिस्चार्ज भएको पहिलो पटक रहेको यस अघिका तथ्यांकले औल्याएका छन् ।  

निको हुनेहरुमा दाङबाट ६, सुर्खेतबाट ६, जिल्ला अस्पताल कालिकोटबाट २८, दैलेखबाट २ सय ६५, सल्यानबाट ३७, नारायणी अस्पताल वीरगंजबाट ११ र धादिङबाट १७ जना छन् ।  

सोमबार नै चौविस घण्टाभित्रमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय संक्रमितहरुको संख्या पनि दैनिक बढिरहेको छ । नयाँ संक्रमितसहित कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । ती मध्येमा ८ हजार ६ सय ६७ पुरुष र ८ सय ९४ महिला छन् । रसुवा बाहेक सवै जिल्लामा संक्रमण पुगिसकेको मन्त्रालयले जनाएको छ ।  

सोमबार सवै भन्दा बढी पाल्पामा ९० जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । त्यसैगरी अन्य जिल्लाहरुमा कैलालीमा ५८, सर्लाहीमा ४७ जना, रौतहट र स्याङजामा ३५, प्युठानमा १९ छन् । सोमबार ६ हजार १ सय ९८ वटा पिसिआर बिधिबाट परीक्षण भएको थियो । हाल देशभरिमा ९० हजार ७ सय ३० जना क्वारेन्टिनमा र ७ हजार ७ सय ८९ जना आइसोेलेसनमा रहेका छन् । 

सरकारले देशभरिमा भण्डारण भएको कोरोना नमूना परीक्षणको जिम्मा अब निजी प्रयोगशालालाई पनि दिने गरी निजी प्रयोगशाला पिसिआर परीक्षण दिने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । यो निर्देशिका अनुसार सरकारले संकलन गरेका पिसिआर नमूनाहरु मापदण्ड पुरा गरेका निजी प्रयोगशालालाई दिइनेछ । परीक्षण गरेवापत प्रति नमूना ५ हजार ५ सय रुपैयाँका दरले सरकारले भुक्तानी दिनेछ । यो निर्देशिकासंगै नेपालमा कोरोना परीक्षणको दायरा बढ्ने मन्त्रालयले जनाएको छ ।  

गर्भजाँच तीन पटक गरी अस्पतालमै प्रसुती

प्रसुति गृहकी निर्देशक डा. संगिता मिश्रले कोरोना संक्रमणको डरले लकडाउनको कारण घरमै प्रसुती हुने चलन बढेको बताइन् । यो प्रक्रियाले गर्भवती जोखिम परी ज्यानै जान सक्ने भएकोले सवैलाई अनिवार्य ३ पटक गर्भजाँच गरी प्रसुतीको लागि अस्पतालमै जान अनुरोध गरिन् । अस्पताल बाहिर प्रसुुती हुँदा सुत्केरीको ज्यान जाने जोखिम हुने र अन्य जटिलता आउन सक्ने भएकोले यो अवधिमा पनि अस्पताल गएर प्रसुती गराउन निर्देशक मिश्रको आग्रह छ ।

‘घरमा प्रसुती हुने गरेको जानकारीमा आएको छ,यो जोखिम तरिका हो’ उनले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक पे्रस बि«फिङको क्रममा भनिन् । अस्पालमा कोरोना संक्रमित र गैरसंक्रमित दुवै गर्भवतीको छुट्टै व्यवस्था भएकोले अस्पतालमा प्रसुतीं हुन सुरक्षित रहेको जानकारी गराइन् । यसको साथै कोरोना सक्रमित आमाले आफ्नो शिशुलाई स्तनपान गराउन मिल्ने र स्तनपान गराउँदा कोरोना बच्चामा नसर्ने बताइन् । 

प्रकाशित: ८ असार २०७७ १४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App