८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रिपोर्ट नआउँदा स्वास्थ्यकर्मी अस्पतालमै थुनिए, सबै सेवा ठप्प

चारदिनअघि एकहप्ताको समयमा दुई चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी गरी पाँच जना स्वास्थ्यकर्मीको रिपोर्ट कोरोना पोजेटिभ देखियो। कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीले असार २ गतेदेखि ४ गतेसम्म बिरामी चेकजाँच गरेका थिए।

रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालको ७६ जिल्लामा पुगेको छ। आइतबार ओखलढुंगा जिल्लामा कोरोना पुष्टि भएसँगै कुल जिल्ला ७६ पुगेको हो। ओखलढुंगामा आइतबार ६ जनाको रिर्पोट आएकोमा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो। हालसम्म कोरोना संक्रमण नदेखिएको जिल्लामा रसुवा मात्र रहेको छ।

गाउँगाउँ पुगे संक्रमित, समुदायमा फैलिने त्रास

भारतका विभिन्न ठाउँबाट आएकालाई गाउँगाउँमा बनाइएका क्वारेन्टाइनमा राखियो। केही दिनपछि आरडिटीरिपोर्ट नेगेटिभ आएकालाई मात्र होइन, पोजेटिभ आएकालाई समेत संकलित नमुनाको पिसिआर रिपोट नआउँदै घर पठाइयो।

सरकारलाई खर्च भुक्तानीमा दबाब

अर्थमन्त्री युवराज खतिवडाले गत साता संसद्मा उभिएर आम्दानी (राजस्व) भन्दा खर्च धेरै भएको तथ्यांक प्रस्तुत गर्दै आगामी दिनमा खर्चको भुक्तानी दिन सरकारलाई दबाब पर्ने जानकारी दिए।

डरैडरको मास्क संस्कृति

पश्चिम अफ्रिकी देश घानाका राष्ट्रपति नाना एडो डान्का अकुफो एडोले गत साता एउटा कार्यकारी आदेश स्वीकृत गरे। सो आदेशमा तीन महिनासम्म सबै नागरिकले फेस मास्क लगाउनैपर्ने, नलगाए चारदेखि १० वर्षसम्म जेल सजाय र १२ हजार देखि ६० हजार जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था छ।

रातो रिबनभित्र कैद कोरोना संक्रमित, गाउँमा त्रास

घर अगाडि रातो रिबन बँधिएको छ । रातो रिबन भित्रको घरमा दुई युवाहरु पाँच दिनदेखि कैद छन् । असार ३ गतेका दिन उनीहरुको घरमा वडाका जनप्रतिनिधि आएर रिबन बाँधेर गए । त्यसपछि न उनीहरुको हालखबर सोधिएको छ, न त उनीहरुको स्वास्थ्य चेकजाँच नै गरिएको छ । गौरीगंगा नगरपालिका–१, गोप्का (चौमाला) का २७ वर्षिय र २६ वर्षिय पुरुष (दाजु भाइ) लाई पिसिआर चेकपछि कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि एकाएक जनप्रतिनिधि आएर उनीहरुको घर रेड जोनमा परेको भन्दै रातो रिबन बाँधिएको थियो ।

उदयपुरमा थप ५ मा कोरोना पुष्टि

उदयपुरमा भारतबाट घर फर्कनेहरुमा धमाधम कोरोना भाइरस (कोभिड–१९) पुष्टि हुने क्रम जारी छ । आइतबारसम्म कोरोना पुष्टि भएका ५२ संक्रमितमध्ये पछिल्लो पटक थपिएका १९ जना सबै भारतबाट फर्केकाहरु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

संक्रमितसँगै घर फर्किनेको संख्या बढ्दै

कोरोना संक्रमण पुष्टि भएकाको संख्या लगातार बढ्दा त्रसित प्रदेशवासीका लागि निको भएर घर फर्किनेहरुको संख्याले राहत संचार गरेको छ । प्रदेश २ मा संक्रमितको संख्याको अनुपातमा निको भएर घर फर्किनेको संख्या पनि बढ्दा जनतामा त्रास घटेको हो । आइतबारसम्म २ हजार ९ सय २ जनामा संक्रमण पुष्टि भएकोमा ९ सय ५२ जना निको भएर घर जान पाएका हुन् । पुष्टि भएका कुल संक्रमितमध्ये निको हुने करिब ३५ प्रतिशत छ ।

कोरोना संक्रमितको रेड जोनबाट हटेयो कपिलवस्तु

कोरोनाको राजधानी बनेको कपिलवस्तुमा ढेड महिना मै संक्रमितको संख्या सात सय नाघेको छ । कपिलवस्तुमा आईतबार थप २५ जना कोरोना संक्रमित फेला परेसंगै जिल्लामा संक्रमितको संख्या ७ सय ३ पुगेको हो । भेटिएका संक्रमित वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाका रहेका छन् । आईतबार वाणगंगा नगरपालिकामा ११ जना र कपिलवस्तु नगरपालिकामा १४ जना थपिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रदेश २ मा संक्रमितको संख्या २ हजार ८ सय २४

प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ८ सय २४ पुगेको छ। आइतबार दिउँसो थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या २ हजार ८ सय २४ पुगेको प्रदेश २, स्वास्थ्य निर्देशनालयका प्रवक्ता विजयकुमार झाले बताए।

थप ४२१ जनामा कोरोना, संक्रमितको संख्या ९ हजार २६ पुग्यो

पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६४ जना महिला र ३५७ जना पुरुष छन्। अहिलेसम्म ९ हजार २६ जना संक्रमित भएका छन्।

सुत्केरीलाई कोराना भेटिएपछि तीन गाउँ सिल

गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ। सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।

‘असोजमा कोरोना नियन्त्रणमा आउने विश्वासका साथ बजेट ल्याएका हौं’

गण्डकी प्रदेश सरकारले असोजमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउने विश्वासका साथ बजेट ल्याएको जनाएको छ ।

कोरोनाबाट विश्वभर चार लाख ६६ हजारको मृत्यु, ८९ लाख सङ्क्रमित

कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ।

पर्वतमा स्वास्थ्यकर्मीको सम्पर्कका आएका ब्यक्ति कोरोना संक्रमित

पर्वतमा समुदायस्तरमा पनि कोरोना संक्रमित भेटिन थालेका छन्। हालसम्म ३७ जना भारतबाट आएका, पाँच स्वास्थ्यकर्मी र एक जना दुर्घटनामा घाइते भइ पोखरामा उपचार गराइरहेकामा कोरोना संक्रमण देखिएपनि आइबार बिहान थप भएका दुई जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ब्यक्ति भएको पुष्टि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्