८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पर्वतमा स्वास्थ्यकर्मीको सम्पर्कका आएका ब्यक्ति कोरोना संक्रमित

पर्वतमा समुदायस्तरमा पनि कोरोना संक्रमित भेटिन थालेका छन्। हालसम्म ३७ जना भारतबाट आएका, पाँच स्वास्थ्यकर्मी र एक जना दुर्घटनामा घाइते भइ पोखरामा उपचार गराइरहेकामा कोरोना संक्रमण देखिएपनि आइबार बिहान थप भएका दुई जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ब्यक्ति भएको पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।  

स्वास्थ्यकर्मीसंगको सम्पर्कमा भएका ब्यक्तिलाई कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब पठाइएकोमा संक्रमण पुष्टि भएको पर्वत अस्पतालले जनाएको छ। उनीहरु कुश्मा नगरपालिकाका २७ र ३२ बर्षका पुरुष हुन। संक्रमित भारतबाट फर्केका होइनन र क्वारेन्टाईनमा समेत छैनन। त्यस मध्ये एक जना सर्वसाधरण र एक जना अस्पतालमा कार्यरत नभएपनि स्वास्थ्यकर्मी नै रहेको बताइएको छ। उनीहरु स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रहेका ब्यक्ति भएको अस्पतालस्रोतले बतायो।

सिसिएमसी पर्वतका प्रवक्ता प्रवीण भण्डारीले स्वास्थ्यकर्मीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरिएको र दुई जनामा पोजेटिभ रिजल्ट आएका कारण आइसोलेसनमा लैजाने तयारी भैरहेको जानकारी दिए। संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि पर्वत अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी सहित सर्वसाधरणको समेत गरि ८१ नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। त्यस मध्ये २७ जनाको परीक्षण भएको छ। ५४ जनाको रिर्पोट आउन बाँकी छ।

सर्वसाधरणमा पनि कोरोना संक्रमण देखिएपछि समुदायमा संक्रमण भएको देखिएको छ। आठ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन्। एक जनाको पोखरामा र बाँकी २९ जना पर्वत अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। शुक्रबार पुष्टि भएका पाँच जना स्वास्थ्यकर्मीलाई भने अझै आइसोलेसनमा राखिएको छैन।

 

प्रकाशित: ७ असार २०७७ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App