२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई बालकसहित पर्सामा ११ जना डिस्चार्ज

वीरगन्जको नारायणी कोभिड अस्प्ताल गण्डकबाट ‘कोरोना’मुक्त भई सोमबार ११ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा पर्सा, सखुवाप्रसौनी गाउँपालिका–२ का एक जना डेढ वर्षीय र अर्का ३ वर्षिय बालक दाजुभाई पनि छन् । उनीहरु ३० वर्षीया आमासंग यहाँ भर्ना थिए । २ बच्चा र आमा गरी तीनै जना एकसाथ कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् ।  

यस बाहके जगरनाथपुर गाउँपालिकाका अर्का ८ जना पनि निको भएर संगसंगै डिस्चार्ज भएका हुन् । जगरनाथपुर गाउँपालिकाका नम्बर ६ का बासिन्दा रहेका सबै ८ जना २० देखि ५५ वर्ष उमेर समूहका पुरुष हुन् । नारायणी अस्थाई कोभिड अस्पतलाका कोर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार पछिल्लो दुई पटक पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि यि ११ जना डिस्चार्ज गरिएका हुन । सबै ११ जना बाहिरबाट आएर क्वारेन्टिनमा बसेको अवस्थामा संक्रसमण पुष्टि भएपछि यहाँ ल्याइएका थिए ।

सोमबार डिस्चार्ज भएकामध्ये डेढ वर्षिय बालकलाई सखुवाप्रसौनी गाउँपालिकाको क्वारेन्टिनमा बसेको अवस्थामा ज्वरो आएपछि त्यहाँका स्वास्थ्यकर्मीले वीरगन्ज पठाएका थिए । ज्वरोको उपचारसँगै उनका बालक, उनको दाई ३ वर्षिय अर्का बालक र ति दुबैको आमाको थ्रोट स्वाब नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षण गर्दा तीनै जनामा जेठ २५ मा कोरोना संक्रमण भेंटिएको थियो । यि दुई बालकका बाबुलाई भने पहिले नै कोरोना संक्रमण पुष्टि भइसकेको थियो । उनीहरु भारतको मुम्बईबाट फर्किएर गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए ।

त्यस्तै जेठ २६ मा जगरनाथपुर गाउँपालिका–६ का ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि नारायणी अस्थाई कोरोना अस्पतला गण्डकमा राखिएका यि ११ जना सोमबार डिस्चार्ज भएर घर फर्केका हुन । यस अस्पतालमा हाल पर्साका ६ जना महिला र २६ पुरुष गरी ३२ जना कोरोना संक्रमित भर्ना छन् । 

प्रकाशित: ८ असार २०७७ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App