८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नेपालमा एकैदिन निको भए ३७० कोरोना संक्रमित

नेपालमा कोरोनाबाट संक्रमित ३७० जना एकै दिन निको भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनासम्बन्धी नियमित अपडेट गराउने क्रममा सोमबार पछिल्लो २४ घण्टामा ३ सय ७० जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएको जानकारी दिएको हो।

यसैगरी उक्त २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै सोमवार अपराह्नसम्म देशभर संक्रमितको संख्या  ९ हजार ५ सय ६१ पुगेको छ। तीमध्ये २,१४२ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ।

प्रकाशित: ८ असार २०७७ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App