८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

संक्रमित १० हजार नाघे

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। थप ५ सय ३८ जनामा मंगलबार संक्रमण पुष्टि भएपछि कुल संक्रमित संख्या १०  हजार ९९ पुगेको छ।  संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ। यस्तै पछिल्लो चौबीस घण्टामा थप ७६ जना निको भएपछि  नेपालमा कोरोनामुक्त हुनेको संख्या २२ सय २४ पुगेको छ।  

दैलेख दुल्लु–३ का ४५ वर्षीय पुरुष २४औं मृतक हुन्। ती पुरुषमा असार ४ गते कोरोना पुष्टि भएको थियो। प्रादेशिक अस्पतालको आइसियुमा उपचारका क्रममा उनको मृत्यु भएको हो। क्षयरोग र दमको समेत समस्या रहेका उनको सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

मंगलबार सबैभन्दा बढी पाल्पामा ४८ जना, प्युठानमा ४५, कैलालीमा ३७, धनुषामा २९, दैलेखमा २२, पर्वतमा २१ र बाजुरामा २० जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी अन्य जिल्लामा पनि संक्रमित भेटिएका छन्। हाल देशभरि ७ हजार ८ सय ५१ जना आइसोलेसनमा छन् भने ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा छन्। गत चौबीस घण्टामा ४ हजार ९ सय ९५ जनाको पिसिआर परीक्षण भएको छ। 

प्रकाशित: १० असार २०७७ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App