८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश २ मा ३०९७ संक्रमित

प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ९७ पुगेको छ । मंगलबार थप ६८ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या तीन हजार ९७ पुगेको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । मंगलबार दुई जना महिलासमेत ६८ जना थप संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

थपिएका संक्रमितहरुमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा तीन र छिन्नमस्ता नगरपालिकामा दुई जनागरी पाँच जना छन । सिरहाको भगवानपुर नगरपालिकामा एक महिलासमेत चार जना तथा सुर्यनारायण सत्यनारायण मरबैता यादव क्याम्प क्वारेन्टिन, धनगढीमाई नगरपालिका र कल्याणपुर नगरपालिका क्वारेन्टिनका एकएक जना गरी सात जना छन ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा १४ जना, मिथिलाविहारी नगरपालिकामा तीन जना, सबैला नगरपालिकामा १० जना तथा जनकनन्दनी गाउँपालिका र औरही गाउँपालिकामा एक जनाको दरले जम्मा २९ जना छन् । महोत्तरीको बलबा नगरपालिकामा मात्रै १२ जनामा संक्रमण पुष्टी भएको छ ।  

रौतहटको राजदेवी नगरपालिकामा एक महिलासमेत पाँच जना, गौर अस्पतालमा छ जना र अन्य दुईसमेत १३ जना थप संक्रमितको पुष्टि भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका र बरहथवा नगरपालिकामा एक जनाको दरले दुई जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, यो अवधिमा ६४ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । यस प्रदेशमा कुल डिस्चार्जको संख्या एक हजार एक सय ९ पुगेको छ । 

प्रकाशित: ९ असार २०७७ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App