coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णालीका १० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

अस्पतालसमेत बढ्दो जोखिम

सर्पदंशका एक बिरामी क्वारेन्टिनबाट जेठ २८ गते प्रदेश अस्पताल कालागाउँको आकस्मिक कक्षमा उपचार गराउन पुगे । झुक्याएर आकस्मिक कक्षमा गएका ती विरामीबिरामीमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । यति मात्र होइन जेठ ३१ र ३२ गते उक्त अस्पतालमा उपचार गराइरहेका सुर्खेतका एक र दैलेखका दुईजना बिरामीमा पनि कोरोना देखियो ।  

रुकुम पश्चिमको चौरजहारी मिसन अस्पतालमा भर्ना भएका सानीभेरी गाउँपालिकाका एक पुरुषमा बाँकेको कोहलपुरमा कोरोना देखियो । चौरजहारीबाट उनलाई कोहलपुर रिफर गरिएको थियो । उनको उपचारमा संलग्न एकजना स्वास्थ्यकर्मी पनि कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेतमा आकस्मिक कक्षमा भर्ना भएका बिरामीबाट पाँचजना स्वास्थ्यकर्मीलाई कोरोना सरेको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चार गरी कर्णालीका १० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमित भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

अस्पतालमा पर्याप्त स्वास्थ्य सामग्री नहुनु र बिरामी सीधै आकस्मिक कक्षमा प्रवेश गर्दा अस्पतालमा पनि कोरोनाको जोखिम बढ्दै गएको छ । ‘अस्पतालमा जोखिम बढ्दो छ,’ स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकल पर्सन केएन पौडेलले भने, ‘बिरामी स्वास्थ्य संस्थामा पस्दाखेरि नै स्वास्थ्य सुरक्षा अपनाउनुपर्छ ।’ अहिले मास्क र सेनिटाइजरको भरमा स्वास्थ्यकर्मीले काम गरिरहेको अस्पतालहरूको भनाइ छ । 

यसले सामान्य अवस्थामा काम गरे पनि बिरामीसँग प्रत्यक्ष जोडिएर काम गर्दा अहिलेका सुरक्षा सामग्री प्रभावकारी नहुने चिकित्कसको भनाइ छ । स्वास्थ्य संस्थामा पूर्ण स्वास्थ्य सामग्री हुनुपर्ने कोरोना फोकल पर्सन डा. पौडेलले बताए । बिरामी र बिरामीका कुरुवाबाट जोखिम हुँदा सामान्य अवस्थामा स्वास्थ्य संस्था नआउन स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन् । जटिलखालका बिरामी स्वास्थ्य सुरक्षासहित स्वास्थ्य संस्था जाँदा एकबाट अर्काेमा कोरोना संक्रमण नहुने उनीहरूको भनाइ छ ।

प्रकाशित: १० असार २०७७ ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App