२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

दाङमा ७६ जनामा कोरोना संक्रमण

दाङमा बुधबार ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिएका छन् । जिल्लामा वुधबार भेटिएको सक्रमितको संख्या अहिले सम्मकै सबै भन्दा बढि हो ।

प्रतिष्ठानका अनुसार जिल्लाको बंगलाचुली गाउँपालिकाको एउटै वडा २ नम्बरमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरि घोराही उपमहानगरपालिकाका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । यो संगै दाङमा कुल संक्रमितहरुको संख्या ३ सय ८० पुगेको छ । यसैबीच बुधबार प्यूठानमा पनि १० जनामा संक्रमण फेला परेको छ । 

प्रकाशित: १० असार २०७७ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App