१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

कोरोना भाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । स्वास्थ्यमन्त्री ज्वेली एमखिजाले दिएको जानकारीअनुसार देशभर कुल तीन हजार पाँच सय ८३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।      

‘आफ्नै मृत्यु हुनेबेलासम्म पनि स्वास्थ्य सेवा गर्नुभएका र सेवा गर्ने क्रममा संक्रमित भएर मृत्यु भएका सबै स्वास्थ्यकर्मीको आत्माको शान्तिको कामना गर्दछु,’ उनले भने ।     

इस्टर्न केप प्रान्तको उइतेन्हामा निर्माण गरिएको तीन हजार तीन सय शय्याको पहिलो चरणको फिल्ड अस्पतालको शुभारम्भ गर्दै उनले यस्तो जानकारी दिएका हन् ।     

संक्रमित   स्वास्थ्यकर्मीमध्ये एक हजार नौ सय ९३ जना भने संक्रमणमुक्त भएको सरकारी अधिकारीले जनाएका छन् ।  दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट  मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको पनि स्वास्थ्य मन्त्रीले जानकारी दिए ।     

पछिल्लो विवरणअनुसार देशभर एक लाखभन्दा बढी संक्रमित भएका छन् भने एक हजार नौ सय ९१ जनाको मृत्यु भएको छ ।   संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या बढ्दै गइरहेकाले संक्रमितको उपचारमा अझ धेरै स्वास्थ्यकर्मी आवश्यक रहेको स्वास्थ्य मन्त्रीको भनाइ छ ।           

आवश्यकता पूर्तिका लागि सरकारले नयाँ स्वास्थ्यकर्मीलाई सरकारी सेवामा लगाउने प्रयास एकातर्फ गरिरहेका छ भने अर्कोतर्फ हालै अवकासप्राप्त स्वास्थ्यकर्मीलाई पनि सेवामा सहभागी हुन आह्वान गरेको छ ।           

त्यसैगरी, अन्य स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको लडाइँमा आआफ्नो तरिकाले लाग्न पनि सरकारले आग्रह गरेको छ । उनीहरुलाई काममा फर्काउन आवश्यक आधारभूत तालिम, सुरक्षा र प्रतिरक्षाको व्यवस्था सरकारले गरिदिने आश्वासन पनि स्वास्थ्य मन्त्री एमखीजाले दिएका छन् ।

प्रकाशित: १० असार २०७७ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App