११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पालिका प्रमुखसहित २८ जनप्रतिनिधि नेकपा (एस)मा

नयाँ पार्टी रोज्दै सनाखत गर्नेहरुमा त्रियुगा नगरप्रमुख बलदेव चौधरी, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, जिल्ला समन्वय समिति सदस्य चीनवीर दनुवार, ५ जना वडाध्यक्ष तथा बाँकी कार्यपालिका र वडा सदस्य रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ।

डोल्पाका ४२ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

नेकपा (एकीकृत समाजवादी) रोज्नेमा नगर प्रमुख १ जना, वडा अध्यक्ष ८ जना, वडा सदस्य ११ जना, जिल्ला समन्वय समिति सदस्य ४ जना, महिला सदस्य ७ जना, दलित महिला सदस्य ६ जना र कार्यपालिका सदस्य ५ जना छन्।

जिसस प्रमुखसहित ११ जनप्रतिनिधिले गरे नेकपा (एकीकृत समाजवादी)मा सनाखत

गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित ३६ वडाध्यक्षमध्ये एक जना मात्र नेकपा (एकीकृत समाजवादी)मा लागेका हुन्। एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख एमालेमै रहेका छन्।

एक उपाध्यक्षसहित ११ जना वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा

पार्टी र जनप्रतिनिधि दुइटैमा एमालेभन्दा एकीकृत समाजवादी बलियो देखिएको हो।

सभामुखविरुद्ध ओलीले दिएको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले पक्षलाई छलफलमा बोलाएको छ।

मेरिङ्देन गाउँपालिका: थप ४ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाकी उपाध्यक्ष कल्पना तुम्बाहाम्फेसहित थप ४ जनाले माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन्।

सुदूरपश्चिममा एमाले चौथो दलमा सीमित

कुनै सयम सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (एमाले) चौथो दलमा सीमित भएको छ। एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी)मा अधिकांस संसद जाँदा चौथो दलमा सीमित हुन पुगेको हो।

खोटाङमा जिसस प्रमुखसहित आठ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की, जिल्ला समन्वय समितिका सदस्य रञ्जना राई लगायतले आईतबार जिल्ला निर्वाचनको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन्।

ताप्लेजुङमा जिसस उपप्रमुखसहित ९ जनाले गरे नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत

ताप्लेजुङमा जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित स्थानीय तहका ९ जनाले आइतबार नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का पक्षमा सनाखत गरेका छन्। सनाखत गर्नेमा अधिकाँश मेरिङ्देन गाउँपालिकाका रहेका छन्।

नयाँ पार्टीमा आए मुख्यमन्त्रीलाई विश्वासको मत : झाँक्री

प्रदेश १ र ३ का मुख्यमन्त्रीहरू एमालेमै रहेको अवस्थामा (एकीकृत समाजवादी)ले समर्थन गर्दैन’ उनले भनिन् एकीकृत समाजवादीमा आएको खण्डमा मात्रै हाम्रो समर्थन हुन्छ।

जसपामा यादव समुदायकै ११ जना मन्त्रीका आकांक्षी

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) मा मन्त्रीका आकांक्षी धेरै हुँदा छनोट गर्न अध्यक्ष उपेन्द्र यादवलाई सकस भएको छ। जसपामा यादव समुदायका मात्रै ११ जनाले मन्त्रीको आकांक्षा राखेका छन्। जसपाले सरकारमा ६ वटा मन्त्रालय पाउने सम्भावना छ।

आंशिकलाई करार गर्न त्रिवि सहमत

आन्दोलनरत समाजवादी प्राध्यापक संघका अध्यक्ष डा. पवनकुमार झा र त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले हस्ताक्षर गरेको १३ बुँदे सहमतिमा त्रिविमा कार्यरत आंशिक शिक्षकको समस्या समाधानार्थ करारमा लैजान दरबन्दी थप गर्ने उल्लेख छ।

मधेसमा तागत जाँच्दै जसपा र लोसपा

दल विभाजनपछि सनाखत गर्न आयोगले तोकेको म्याद दुवै दलका लागि ‘सकसपूर्ण’ भएको छ। लोसपालाई जसपाबाट सांसद तान्न चुनौती छ भने जसपालाई सांसद कसरी रोक्ने भन्ने समस्या छ।

रौतहटमा नेकपा एकीकृत समाजवादीको वर्चस्व

रौतहटमा नेकपा (एकीकृत समाजवादी)को वर्चस्व देखिएको छ। शुक्रबार सदरमुकाम गौरमा भएको एकीकृत समाजवादीको जिल्ला समितिको पहिलो बैठकमा नेकपा एमालेको जिल्ला समिति रौतहटका अधिकांश कार्यकर्ताहरुको सहभागिता रहेको पाइएको छ।

नेकपा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरुले जलाए मोदीको पुत्ला

नेकपा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्