११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मिनभवनमा

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालय मिनभवनमा हुने भएको छ।

कार्यकर्ता तान्न ओली–नेपाल होडबाजी

ओलीले केन्द्रीय समितिमा रिक्त ५५ सदस्यमा तत्कालीन वरिष्ठ नेता नेपाल पक्षका नेताहरूमध्येबाटै राख्ने भएका छन्। २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जना नेकपा एस मा लागेपछि ती पद रिक्त भएका हुन्। खाली स्थानमा विगतमा नेपाल खेमामा रहेका नेताहरूलाई मनोनयन गरिने भएपछि धेरै नेता नेकपा एस मा नजाने आकलन गरिएको छ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको कार्यालय स्थापना

सो पार्टी प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हालेको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिए।

मेरो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेका छन्: माधव नेपाल

अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने दावी समेत गरे।

भदौं २३ अघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छैन: माधव नेपाल

सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२/२३ गतेसम्म त मन्त्रीपरिषद विस्तारका बारेमा कसैले चुईक्क पनि नबोल्ने बताए।

सत्ताको सात घुम्ती

नेतृत्वको अहंकार र ओहोदाको दुरूपयोगले एमालेभित्र पैदा गरेको उथलपुथल परिस्थिति देश, जनता र लोकतन्त्र लाई हित हुने काण्ड कदापि मान्न सकिन्न।

तीन सांसदले रोजे नेकपा (एस), कर्णाली प्रदेश सरकार झन् बलियो

४० सदस्यीय कर्णाली प्रदेशसभाका पाँच जना सांसद पदमुक्त भइसकेका छन्। गत बैशाखमा माओवादी केन्द्रका संसदीय दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा एमालेका चार सांसदले फ्लोरक्रस गरेका थिए।

वरिष्ठ नेता खनाललाई भेट्न प्रचण्ड पुगे डल्लु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भेटेका छन्।

एमाले कास्की समानान्तर कमिटी समाजवादीमा समायाेजन

नेकपा एमाले भित्र अन्तरसंघर्ष गर्ने उद्धेश्यले माधव नेपाल समूहले कास्कीमा बनाएको दुई वटै समानान्तर समिति नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको छ। एमालेमा रहँदा नेपाल समूहले बनाएको कास्की जिल्ला र पोखरा महानगरको सिंगो कमिटी नया पार्टी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको हो।

प्रदेश १ का १० सांसद समाजवादीमा

नेकपा एमालेका १० जनामात्रै सांसद नयाँ पार्टीमा गएको अवस्थामा भीम आचार्य नेतृत्वको नेकपा एमालेको सरकार अल्पमतमा पर्ने निश्चित छ।

सुदूरपश्चिम प्रदेशका १३ सासंद नेकपा नेकपा (एकीकृत समाजवादी)मा

नेकपा एमालेका सभामुखसहित २५ प्रदेशसभा सदस्य थिए। तीमध्ये यसअघि ७ जना केपी ओली पक्षमा थिए भने अन्य माधव समूहमा रहेका थिए। माधव समूहमा रहेका सवै सासंद यसअघि प्रभावशाली मानिएका नेता भीम रावलको निर्देशनमा चल्दै आएका थिए।

पार्टीको कुनै कार्यकारी पदमा नबस्ने झलनाथ खनालको घोषणा

अढाइ महिनाअघि भारतमा उपचार गर्न गएर सोमबार फर्केका नेता खनालले अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन्।

ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ: बाबुराम भट्टराई

सोमबार सामाजिक सञ्जाल ट्वीटरमा उनले राजनीतिक प्रणाली परिवर्तन भएपनि सत्तामा भएका मानिसको प्रवृत्ति परिवर्तन नभएको भन्दै आलोचना गरेका छन्।

दल रोज्न २२ गतेसम्म म्याद

आयोगले नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भई महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई गत बुधबार दर्ता गरी कानुनी मान्यता दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्