४ वैशाख २०८१ मंगलबार
राजनीति

मेरो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेका छन्: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरुलाई आह्वान गरेका छन्। 

केपी ओली र उनका मान्छेहरुले दश बूँदे सहमतीको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन्।  

अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेरअघि बढन सफल हुने दावी समेत गरे।

अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि दोहोर्‍याए। उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलिन हुने भ्रम नछर्न पनि सचेत गराए। 

प्रकाशित: १७ भाद्र २०७८ ०८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App