४ वैशाख २०८१ मंगलबार
राजनीति

पार्टीको कुनै कार्यकारी पदमा नबस्ने झलनाथ खनालको घोषणा

नवगठित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको कुनै कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्। अढाइ महिनाअघि भारतमा उपचार गर्न गएर सोमबार फर्केका नेता खनालले अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन्।  

‘मसँग अब कुनै कार्यकारी पोष्ट माग्ने नैतिक अधिकार छैन । ७० वर्ष पुगिसकेको छु’ खनालले भने।  उनले कम्युनिस्ट आन्दोलन फुट र विभाजनमा जान नसक्ने भन्दै केपी ओलीको पार्टी गुट र अहंकार व्यक्तिवादको प्रतीक बनाएकाले आफुहरुले विद्रोह गर्नुपरेको पनि बताए। ‘विद्रोह फुट होइन। यो विद्रोह थोरै मान्छेको हो कि जस्तो लाग्नसक्छ, तर सयौं, हजारौं र लाखौं हुँदै क्रान्तिको विकास हुन्छ। अहिले यो झिल्कोका रुपमा मात्रै छ ।’  

आफ्नो जीवन नाफाको भएको बताउदै सास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार गर्ने बताए।  ‘मेरो जीवन नाफाको हो, बोनस हो । सास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार र समाजवाद निर्माणको काममा समय खर्चिनुछ’ नेता खनालले भने, ‘दिगो शान्ति स्थापना गर्ने र समाजवादको बाटोमा सम्पूर्ण जीवन समर्पित गर्नेछु।’

प्रकाशित: १४ भाद्र २०७८ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App