२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मिनभवनमा

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालय मिनभवनमा हुने भएको छ।  

एकीकृत समाजवादी पार्टी दर्ताका बेला निर्वाचन आयोगमा निवेदन दिँदा नयाँ बानेश्वर ठेगाना दिइएको थियो। १० दिनपछि मिनभवनमा तीन तले भवन पार्टी केन्द्रीय कार्यालयका लागि भाडामा लिन सम्झौता प्रक्रिया अघि बढेको स्थायी कमिटी सदस्य डा.वेदुराम भुसालले जानकारी दिए।

‘पार्टी केन्द्रीय कार्यालयका लागि निजी भवन भाडामा लिने प्रक्रिया अघि बढेको छ,’ नेता भुसालले भने, ‘अहिले सरसफाइ र रंगरोगनको काम भइरहेको छ। चाँडै केन्द्रीय कार्यालय सञ्चालनमा आउने छ।’ 

नेपाल नेतृत्वको एकीकृत समाजवादी गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।

प्रकाशित: १८ भाद्र २०७८ १०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App