४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डोल्पाका ४२ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

डोल्पामा नेकपा एमाले पार्टीबाट निर्वाचित ४२ जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन्। आज मंगलबार एकजना महिला सदस्यले जिल्ला निर्वाचन कार्यालय डोल्पामा गएर नयाँ पार्टीमा सनाखत गरेसँगै डोल्पामा ४२ जना पुगेका हुन्। सोमबार ४१ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका थिए। आज मुड्केचुला गाउँपालिका वडा नं. १ की एक महिला सदस्यले नयाँ पार्टीमा हस्ताक्षर गरिन्।  

नेकपा (एकीकृत समाजवादी) रोज्नेमा नगर प्रमुख १ जना, वडा अध्यक्ष ८ जना, वडा सदस्य ११ जना, जिल्ला समन्वय समिति सदस्य ४ जना, महिला सदस्य ७ जना, दलित महिला सदस्य ६ जना र कार्यपालिका सदस्य ५ जना छन्।  

जिल्ला निर्वाचन कार्यालय डोल्पाका निमित्त निर्वाचन अधिकृत श्यामकुमार राईले नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) मा ठुलीभेरी नगरपालिकाबाट ३६ जना, जगदुल्ला गाउँपालिकाबाट ३ जना, त्रिपुरासुन्दरी नगरपालिकाबाट १ जना, मुड्केचुला गाउँपालिकाबाट २ जनाले सनाखत गरेका छन्। 

प्रकाशित: २२ भाद्र २०७८ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App