१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

आंशिकलाई करार गर्न त्रिवि सहमत

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र आन्दोलनरत समाजवादी प्राध्यापक संघबीच त्रिविका आंशिक शिक्षकलाई करारमा लैजान दरबन्दी थप गर्ने सहमति भएको छ ।  

त्रिविका देशभर सञ्चालित आंगिक क्याम्पसहरूमा २ हजार आंशिक शिक्षक कार्यरत छन्। आन्दोलनरत समाजवादी प्राध्यापक संघका अध्यक्ष डा. पवनकुमार झा र त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले हस्ताक्षर गरेको १३ बुँदे सहमतिमा त्रिविमा कार्यरत आंशिक शिक्षकको समस्या समाधानार्थ करारमा लैजान दरबन्दी थप गर्ने उल्लेख छ। 

बिहीबार साँझ सहमतिलगत्तै आन्दोलनरत प्राध्यापक संघले ९ दिनदेखि उपकुलपति, रेक्टर रजिस्ट्रारको कार्यकक्षमा लगाएको ताला खोलेर आन्दोलन स्थगन गरेको छ। ‘शिक्षाध्यक्ष भुसालले लिखित १३ बुँदे सहमति गरेपछि मात्र हाम्रो संघले भदौ ९ गतेदेखि लगाएको ताला खोलेको हो। 

हाललाई हामीले आन्दोलन स्थगन मात्र गरेका हौं,’ अध्यक्ष झाले नागरिकसँग भने, ‘एक महिनाभित्र हाम्रो सहमति कार्यान्वयन नभए हामी पुनः कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौं ।’ त्रिविले आंशिक शिक्षकहरूलाई करार गर्न दरबन्दी थप गर्ने प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।

प्रकाशित: १९ भाद्र २०७८ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App