६ आश्विन २०८१ आइतबार
image/svg+xml

आकाशमा चराझैं उड्दा...

पोखराको सौन्दर्य नर्तकीले आफ्नो नाचको छमछम धुनमा सबैलाई मोहनी लगाए जस्तो आँखाबाट नहट्ने खालको छ। आँखाले हेरेर नथाकिने पोखरा शब्दमा पस्किन त गाह्रो नै छ।

पर्यटन : शून्य आगमनको सिजन पर्खाइ

पर्यटन व्यवसायीका अनुसार अबको एकसातापछि नेपालमा पर्यटकीय सिजन सुरु हुन्छ। व्यवसायीले सेप्टेम्बरदेखि नेपालमा पर्यटनको सिजन सुरु भएको मान्छन। यो सिजन सेप्टेम्बर मध्यमा पुग्दा बल्ल देखिनेगरि उकालो लाग्थ्यो।

निषेधाज्ञा लगाएपछि सरकारलाई हाईसन्चो !

गण्डकी प्रदेशका ४ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ। गण्डकी प्रदेशका कास्की, स्याङ्जा, गोरखा र पूर्वी नवलपरासी (नवलपुर) मा जिल्लाभरी नै निषेधाज्ञा लगाइएको छ।

पोखराका होटललाई उत्कृष्टताको अवार्ड

पोखराका विभिन्न होटलले ‘ट्राभलर्स च्वाईस अवार्ड’ हात पारेका छन्। पर्यटकीयदेखि तारेस्तरसम्मका होटलले सन् २०२० को यो अवार्ड हात पारेका हुन्। प्रशिद्ध ट्राभल वेबसाइट कम्पनि ट्रिप एडभाइजरले यी होटललाई यो अवार्ड दिलाएको हो।

पोखरा विमानस्थलको कार्य प्रगति ६२ प्रतिशत

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ । देशकै गौरवको रुपमा रहेको पोखरा विमानस्थल निर्माणमा लकडाउनको प्रभाव पर्दा निर्माण सम्पन्न हुने समयसीमा भन्दा ६ महिना अघि नै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाउने लक्ष्य पूरा नहुने भएको हो ।

बुध्द होलिडेजले ल्यायो सस्तो घुमफिर प्याकेज

होलिडेजकी सिइओ आस्था बस्नेतका अनुसार दुई रात तीन दिने प्याकेजमा दुईतर्फी हवाई टिकट, तारे होटलमा बास र ब्रेकफास्ट सुविधा हुनेछ। त्यसैगरी विमानस्थलदेखि होटलसम्म दुईतर्फी यातायात सुविधा पनि हुनेछ।

पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित

विगत १० महिनादेखि निमित्त उपकुलपतिको भरमा चलेको पोखरा विश्वविद्यालय पछिल्लो ३ महिनादेखि उपकुलपति विहिन भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । उपकुलपति नियुक्तीको माग गर्दै विद्यार्थीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी शान्तीपूर्ण प्रर्दशन गरेका थिए ।

आन्तरिक पाहुनाको पर्खाइमा पोखरा

कोरोना भाईरस संक्रमणले थलिनुअघि पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा औसतमा ५० प्रतिशत पुगिसकेको थियो । कुनै महिना त आन्तरिक पाहुनाको आगमन बढ्दा ७० प्रतिशतसम्म उकासिन्थ्यो । बाह्रैमास आन्तरिक पाहुना घुम्न आउन थालेपछि यहाँका पर्यटन व्यवसायीले ‘अफसिजन’ पनि भुल्न थालेका थिए ।

खुल्लान त लेकसाइडका होटल - रेस्टुरेन्ट ?

कोरोना भाईरस संक्रमणका कारण १२० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले साउन १५ देखि होटल तथा रेस्टुरेन्ट खोल्न दिने निर्णय गर्यो । सरकारले चारमहिना बन्द रहेका होटल तथा रेस्टुरेन्ट खुलाउने बाटो खोले पनि तत्कालै पाहुना आउने अवस्था नभएकोले पर्यटन व्यावसायी भने के गर्ने भन्ने दोधारमा छन्।

कहिले आउला मर्दीको पानी पोखरा ?

खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग हो। दैनिक साढे पोखरा खानेपानी आयोजनाको काम कोरोनाले गर्दा चैतबाट अघि बढ्न सकेको छैन। कोरोना त्रासका कारण घर गएका कामदार काममा फर्किसकेका छैनन्। “अहिले काम ठप्प भएको छ कामदारहरु कोरोना त्रासले घर गएका थिए आउने स्थिति छैन, हामीसँग कामदार छैनन्”, पोखरा खानेपानी संस्थानका प्रमुख एवम् खानेपानी सुधार विस्तार आयोजना प्रमुख इन्जिनियर आशिष कार्कीले भने।

मनकामना केवलकार पोखरा कपको आर्थिक अनियमिताको बारेमा छानविन शुरु

कास्की जिल्ला फुटबल संघमाथि आर्थिक अनियमिताको बारेमा छानविन शुरु गरेको छानविन समितिले मनकामना केबलकार पोखरा कपको आयोजनाको समयमा बनाइएको विभिन्न समिति तथा उपसमितिको संयोजक एवं सदस्यहरुसँग सोधपुछ गर्ने जनाएको छ । समितिले शनिबार मात्रै छैटौं सस्करणको मनकामना केवलकार पोखरा कपमा विभिन्न समिति तथा उपसमितिको संयोजक एवं सदस्यको नामावली माग्दै अनुसन्धान शुरु गर्ने जनाएको छ ।

गोरखाको विद्यालयलाई पोखरा महानगरपालिकाको सहयोग

भूकम्पले प्रताडित गोरखाको पिपला पोखरी आधारभुत विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

क्वारेन्टिन बने लेकसाइडका होटल

कोरोना संक्रमणबीच विभिन्न मुलुकबाट उद्धार गरेर स्वदेश फर्काइएका ८६ जना नेपाली यहाँका होटलमा बसेका छन्। होटललाई क्वारेन्टिन बनाएका उनीहरुले होटलमा बसेबापतको शुल्क आफैले तिर्नेछन्। तेश्रो मुलुकबाट फर्केका तर, होटलमा पैसा तिर्न नसक्ने ९७ जना भने पोखरा महानगरपालिको विभिन्न ११ वटा क्वारेन्टिनमा बसेका छन्।

स्पोर्ट्स अवार्डलाई बजेट

पोखरा महानगरपालिकाले खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि आयोजना गर्ने स्पोर्ट्स अवार्डका लागि बजेट विनियोजन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्