७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित

विगत १० महिनादेखि निमित्त उपकुलपतिको भरमा चलेको पोखरा विश्वविद्यालय पछिल्लो ३ महिनादेखि उपकुलपति विहिन भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन्। उपकुलपति नियुक्तीको माग गर्दै विद्यार्थीहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी शान्तीपूर्ण प्रर्दशन गरेका थिए ।

गत असोज ५ गतेबाट निमित्त उपकुलपतिको भरमा चल्दै आएको विश्वविद्यालय गत चैतदेखि उपकुलपति पद खाली रहेको छ । उपकुलति सहित रजिस्टार र परिक्षा नियन्त्रक साथै विश्वविद्यालयको ४ संकायका डिनपनि खाली छन् । उपकुलपति नहुँदा विश्वविद्यालयको काममा असर परेकोले तत्काल उपकुलपति नियुक्त हुनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थीहरूले शुक्रबार पोखराको शहिदचोकमा शान्तिपूण प्रदर्शनसहित कोण सभासमेत गरे । साथै उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्रसमेत पठाए ।

प्रदर्शनमा उत्रिएकाहरुले विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन पाईंदैन, मेरो भगवान ! आफ्नो भविष्यमाथि डर लाग्यो, शिक्षामा घुस्या ब्यापार, विद्यार्थीको भविष्य अन्धकार, निमित्त होइन अब पूर्णकालिन नेतृत्व चाहियो, हामी पढ्ने कि अभिभावक खोज्न जाउँ ? भन्नेलगायतका ब्यानर लेखिएका प्लेकार्ड र ब्यानर लिएका थिए ।

खुशी 0%
दुखी 85.7%
अचम्मित 0%
हास्यास्पद 14.3%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App