२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
sugam thapa
सुमन थापा ‘संगम’


सुमन थापा ‘संगम’का लेखहरु :

‘सिमोन’ एक प्रेमिल वार्ता

लेखकले चयन गरेकाे सिमोन काल्पनिक पात्र नभई एक चर्चित लेखक ‘द सेकेण्ड सेक्स’ की लेखिका हुन्।

आमा

आमा तिमी, साँच्चै महान र सहनशील धर्ती, तिम्रो माया न किन्न सकिन्छ न भुल्न सकिन्छ न तिर्न सकिन्छ खालि बुझ्न सकिन्छ सदासदाका लागि, अस्ताएर टाढाटाढा हुँदा पनि, हृदयमा ज्योति बनेर बलिरहने, तिमी सृष्टिको अनुपम छहारी थियौ।

मुनामदनभन्दा प्रेमिल आमाबुबा

सम्पत्तिका नाममा एउटा क्यामेरा, ५०० रुपैयाँ र हृदयभरि प्रेम बोकी स्याङ्जाको वालिङबाट नेपालगन्ज झरेका मेरा बाबाआमाको जीवनकथा उधिन्ने हो भने रोचक एवं प्रेरणादायी उपन्यास बन्छ।

आकाशमा चराझैं उड्दा...

पोखराको सौन्दर्य नर्तकीले आफ्नो नाचको छमछम धुनमा सबैलाई मोहनी लगाए जस्तो आँखाबाट नहट्ने खालको छ। आँखाले हेरेर नथाकिने पोखरा शब्दमा पस्किन त गाह्रो नै छ।

पाँच रुपैयाँको कथा

हामीसँग सधैं पैसा हुँदैनथ्यो। कुनै बेला पैसा नभएर मैले भिडियो हेर्न नखोज्दा मेरो किताबबाट फुत्त ५ रुपैयाँ निस्कन्थ्यो। त्यो पैसा कसले राखिदिन्थ्यो, त्यतिबेला थाहा भएन। २८ वर्षपछि बल्ल त्यसरी पैसा राखिदिने मान्छे चिन्न पुगेकी छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्