सम्पत्तिका नाममा एउटा क्यामेरा, ५०० रुपैयाँ र हृदयभरि प्रेम बोकी स्याङ्जाको वालिङबाट नेपालगन्ज झरेका मेरा बाबाआमाको जीवनकथा उधिन्ने हो भने रोचक एवं प्रेरणादायी उपन्यास बन्छ।
पोखराको सौन्दर्य नर्तकीले आफ्नो नाचको छमछम धुनमा सबैलाई मोहनी लगाए जस्तो आँखाबाट नहट्ने खालको छ। आँखाले हेरेर नथाकिने पोखरा शब्दमा पस्किन त गाह्रो नै छ।
हामीसँग सधैं पैसा हुँदैनथ्यो। कुनै बेला पैसा नभएर मैले भिडियो हेर्न नखोज्दा मेरो किताबबाट फुत्त ५ रुपैयाँ निस्कन्थ्यो। त्यो पैसा कसले राखिदिन्थ्यो, त्यतिबेला थाहा भएन। २८ वर्षपछि बल्ल त्यसरी पैसा राखिदिने मान्छे चिन्न पुगेकी छु।