५ माघ २०८२ सोमबार
image/svg+xml
कला

आमा

आमा

परिवारको मियो

संस्कार,संस्कृति,सभ्यता र आस्थाको दियो

आफ्ना पीडाहरू लुकाएर

आफ्ना भोक प्यास र दर्दहरू छुपाएर

आफ्ना सन्तानले खाए खाएनन् 

लाए लाएनन् भन्दै

हरपल आफ्ना सन्तानको जीवन, इच्छा र भविष्यका लागि

मरिहत्ते हाल्ने

आस्थाको मन्दिर मात्र हैन

सिंगो आकाश र धर्ती भएर

जन्म दिएर मात्र हैन

ताते नगर्दै तोते बोली नबोल्दै पनि

भावना र आवश्यकता बुझेर

व्यवहार गरिदिने

आमा तिमी,

साँच्चै महान र सहनशील धर्ती  

तिम्रो माया न किन्न सकिन्छ

न भुल्न सकिन्छ

न तिर्न सकिन्छ

खालि बुझ्न सकिन्छ

सदासदाका लागि

अस्ताएर टाढाटाढा हुँदा पनि

हृदयमा ज्योति बनेर बलिरहने

तिमी सृष्टिको अनुपम छहारी थियौ

सखारै लिपपोत गरेर

चुलो र अगेनामा रुमल्लिंदै

छोरीहरूको कोरीबाटी मात्र हैन

घर-घुरेन र बारीका कान्लाहरू स्याहारेर

छातीभरि आर्तनाद बोकेर पनि

सन्तानको खुसीका लागि

ओठभरि हाँस्दै

सहयोगी खेताला र छरछिमेकी मिलाउँदै

हाम्रै निम्ति बाँच्यौ

हाम्रै निम्ति हाँस्यौ

यस्ती आमालाई

अन्तरात्मादेखि कोटिकोटि नमन

मनमस्तिष्क र धुकधुकीबाट  

कोटिकोटि प्रणाम।

प्रकाशित: २४ चैत्र २०७९ ०६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App