६ मंसिर २०८३ आइतबार
image/svg+xml
समाज

बच्चाले आ’ गो खेलाउँदा मकवानपुरमा घर ज’लेर नष्ट

बकैया गाउँपालिका-६ उपचौरमा आइतबार बिहान आगलागी हुँदा एउटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

स्थानीय प्रकाश बलको काठले बनेको र खरले छाएको दुई तले घरमा बिहान करिब ७ बजे अचानक आगलागी भएको हो। घरमा कोही नभएको अवस्थामा बच्चाहरूले आगो खेल्ने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाको प्रयासमा बिहान ८ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जानकारी दिएको छ।

आगलागीमा घरसहित भित्र रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्रकाशित: ६ मंसिर २०८३ २१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App