७ वैशाख २०८१ शुक्रबार
समाज

गोरखाको विद्यालयलाई पोखरा महानगरपालिकाको सहयोग

गोखरास्थित पिपला पोखरी आधारभुत विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गर्दै । तस्बिर : नागरिक

भूकम्पले प्रताडित गोरखाको पिपला पोखरी आधारभुत विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी गोखरास्थित विद्यालयमै पुगेर अध्ययनरत ७५ जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।  

भूकम्पले विद्यालय भवन भत्किएपछि टिनकै छानोमुनि विद्यार्थीलाई पठन पाठन गराइएको छ । झण्डै पाँच वर्षपछि विद्यार्थीलाई महानगरपालिकाले झोला, जुत्ता, सर्ट, पाईण्ट, टाई, बेल्टसहित अन्य सामग्रीहरु हस्तान्तरण गरेको हो । नयाँ शैक्षिक सत्र सुरु भएपनि कोभिड–१९ले पठन पाठन प्रभावित भएपनि विद्यार्थीलाई भने विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

‘गाँउको विद्यालयको शैक्षिकस्तर सुधार्ने प्रयासस्वरुप विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेर फर्कियौं’–पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने–‘विद्यार्थी, विद्यालय परिवार तथा अभिभावकहरु खुशी भएका छन् ।’ मेयर जिसीले महानगरपालिका हयोगले दुर दराजको स्कुलको स्तरमाथि उठाउने प्रयास गरिएको हो । उनका अनुसार डेढदुई लाखको सामाग्री दिएका हौं ।  

२०७२ सालको भूकम्पको केन्द्रविन्दु गोरखामा अधिकांश विद्यालय भवन भत्किएका थिए । केही उठिसकेका छन् । अझै केही उठन बाँकी नै छ । पूर्वाधारकै अभावले शैक्षिकस्तर सुधार्नै सकिएको छैन । ‘विद्यार्थीलाई गाँउकै विद्यालयबाट टाढा नहोस भन्ने अभिप्राय छ । त्यसको लागि शैक्षिकस्तर उकास्न जरुरी छ ।’ मेयर जिसीले भने–‘सरकारी विद्यालयलाई बोर्डिङकै स्तरमा लैजानुपर्छ । सबैको सहयोगको खाँचो छ । विद्यार्थीले पनि बोर्डिङभन्दा कम छैन भन्ने देखाउनुपर्छ ।’  

उनले भौतिक संरचनासँगै शैक्षिक गुणस्तर उकास्नका लागि विद्यालय प्रशासनलाई आग्रह गरे । ‘भवन राम्रो हुदैंमा पठन पाठन राम्रो हुन्छ भन्ने हुदैन । पढाई राम्रो भएन भने अर्थ छैन ’ उनले भने–‘ विद्यार्थी चिटिक्क बनाउने तर स्कुलको बातावरण राम्रो भएन भने त्यसको पनि औचित्य हुदैन ।’ पछिल्लो समय गाँउबाट विद्यार्थीहरु पलायन हुदैं गएका छन् । शहरी क्षेत्रमा बसाईसराई गर्ने प्रवृत्तिले गाँउका विद्यालय विद्यार्थी विहीनको अवस्था बन्दै गएको यथार्थ रहेको भन्दै मेयर जिसीले विद्यालयमै विद्यार्थीलाई टिकिराख्ने अवस्था सिर्जना स्कुल प्रशासनले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । उच्च शिक्षाका लागि पोखरा आउने विद्यार्थीलाई विभिन्न ठाउँमा अध्ययनका लागि सहयोग गर्ने प्रतिबद्धता समेत मेयर जिसीले गरे ।

सामाग्री लिएपछि विद्यालयबा प्रधानध्यापक डिल्लीराम रेग्मीले महानगरको सहयोगप्रति आभार प्रकट गरे । विद्यालयलाई सहयोग गर्ने संयोजन पत्रकार प्रकाश ढकालले गरेका थिए । सरकारले निर्देशन जारी गर्ने वित्तिकै विद्यालय खुलाउने तयारीमा शिक्षकहरु छन् । तर अधिकांश स्कुलहरु क्वारेन्टाईन बनाईएका कारण अहिले नै खुल्ने र पढाई हुने सम्भावना भने छैन । गोरखाको साविक घैरुङ गाविस १ ज्यामिरस्वाँरास्थित गणेश प्रावि (हाल गणेश आधारभूत विद्यालय)को भौतिक पूर्वाधार तयार गरिएको छ । सहारा क्लब पोखराको संयोजनमा विद्यालय भवन निर्माण गरिएको थियो ।

प्रकाशित: १७ असार २०७७ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App