coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बुध्द होलिडेजले ल्यायो सस्तो घुमफिर प्याकेज

५,९९९ रुपैयाँमा पोखरा र ७,९९९ रुपैयाँमा चितवन

बुध्द होलिडेजकी सिइओ आस्था बस्नेत।

काठमाडौं–सरकारले भदौ १ देखि आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेसँगै निजि क्षेत्रको हवाई कम्पनी बुध्द एयरले उडानको आबश्यक तयारी पुरा गरिसकेको जनाएको छ। यसैक्रममा उसको भगिनी संस्था ‘बुध्द होलिडेज’ले आन्तरिक पर्यटनलाई चलायमान बनाउन सस्तो मूल्यमा घुमफिर प्याकेज ल्याएको छ।  

पोखराको प्याकेज मूल्य ५ हजार ९ सय ९९ रुपैयाँ पर्छ भने चितवनको ७ हजार ९ सय ९९ रुपैयाँ। होलिडेजकी सिइओ आस्था बस्नेतका अनुसार दुई रात तीन दिने प्याकेजमा दुईतर्फी हवाई टिकट, तारे होटलमा बास र ब्रेकफास्ट सुविधा हुनेछ। त्यसैगरी विमानस्थलदेखि होटलसम्म दुईतर्फी यातायात सुविधा पनि हुनेछ।  

यात्रुलाई संक्रमणरहित ढंगमा सुरक्षित यात्रा गराइने बस्नेतले बताइन्। संक्रमणरहित यात्रा तथा पर्यटकीय प्याकेजका लागि बुध्द होलिडेजले कोभिडविरुद्धको सुरक्षा निर्देशिका बनाएको छ। निर्देशिकाले जहाजदेखि, पर्यटक गाडी तथा होटल, रेष्टुराँ तथा त्यहाँका कामदारलाई पनि समेटेको छ।

उसले होलिडेज प्याकेजको बुकिङ खुला गरिसकेको छ। उसले पोखरा र चितवनका होटलसँगको सहकार्यमा प्याकेज बनाएको हो। ‘शुरुमा आन्तरिक पर्यटकलाई चलायमान तथा प्रवद्र्धन गरि हामी र हाम्रा सेवा सुरक्षित छन् भन्ने देखाई विदेशी पर्यटकलाई समेत भित्र्याइनु हाम्रो उद्देश्य हो’, सिइओ बस्नेतले भनिन्।

प्रकाशित: १२ श्रावण २०७७ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App