६ आश्विन २०८१ आइतबार
image/svg+xml

स्पोर्ट्स अवार्डलाई बजेट

पोखरा महानगरपालिकाले खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि आयोजना गर्ने स्पोर्ट्स अवार्डका लागि बजेट विनियोजन गरेको छ।

तीन महिनाको घरभाडा र बहालकर छुट दिने घोषणा

देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब सवा ६ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरको छैटौं नगरसभामा बुधबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट अघिल्लो वर्षको भन्दा ८५ करोड ६८ लाखले कम हो ।

पोखरा बहुमुखि क्याम्पसको भवन बनाउन अध्यक्षको ५० लाख सहयोग

पोखरा बहुमुखि क्याम्पसको नयाँ भवन बनाउन क्याम्पस संचालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले ५० लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

पोखरा महानगरले खेलकुदको लागि एकीकृत कोष स्थापना गर्ने

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलकुदको विकासको लागि एकीकृत कोष स्थापना गर्ने महानगरपालिको सोच रहेको उल्लेख गरेका छन् । ‘खेलकुदको विकासको लागि एकीकृत कोष आवश्यक छ’ उनले भने, कोष स्थापना गर्न सकिए खेलकुदको विकासमा नयाँ आयाम हुने छ ।’

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध

गएरातिदेखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा पोखरा–बागलुङ सडक अबरुद्ध भएको छ। कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारास्थित पाङ जानेबाटोबाट आएको पहिरोले सडक अबरुद्ध भएको हो। सडक अबरुद्ध भएपछि पर्वतको कुश्माबाट बागलुङ, म्याग्दी, मुस्ताङ जाने र ती जिल्लाबाट पर्वत हुँदै बाहिरिने सवारी साधन पनि चल्न पाएका छैनन्।

पोखरा खुल्यो, लेकसाइड खुलेन

कोरोना भाइरस जोखिम नियन्त्रण लागि करिब तीन महिना लामो लकडाउन खुकुलो भएर धेरैतिरको बजार खुले पनि पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड भने खुल्न सकेको छैन। पोखराकैै महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, नयाँबजार, सिर्जनाचोक, पृथ्वीचोक केहीदिनदेखि नै चहलपहल बढिसक्दा नजिकैको महत्वपूर्ण पर्यटकीय बजार लेकसाइड सुनसान छ।

सिक्लेसका तारा

चित्रबाटै नेपालको प्रकृति, संस्कृति, ऐतिहासिक सम्पदा र जीवनशैली प्रवद्र्धन गर्ने सद्भावना दूत हुन् कलाकार डिबी गुरुङ । कोरोना महामारीले सिंगो विश्वलाई रुवाइरहेका बेलामा उनी कलामार्फत आशाको फूल फुलाइरहेका छन् ।

चराको स्वर्ग पोखरा

पोखरालाई चरा पर्यटन केन्द्र बनाउने अभियानमा होमिएका युवा हुन्–मनशान्त घिमिरे । उनले नेपाल भित्रै ७१३ प्रजातिका चरा अवलोकन गरिसकेका छन् भने ५५० जतिको त तस्वीरै खिचेका छन् ।

विदेशबाट फर्किनेलाई होटलको क्वारेन्टिन, पोखरामा पाँच हजार कोठा व्यवस्थापन गरिँदै

कोरोना भाईरस संक्रमणको चपेटामा परेर विभिन्न मुलुकबाट उद्धार गरि ल्याइएका नेपाली नागरिकलाई क्वारेन्टिनमा राख्नका लागि पोखराका होटलसँग पाँच हजार कोठा माग गरिएको छ। सरकारले पोखरा महानगरपालिकालाई होटलमा पाँच हजार कोठा व्यवस्थापन गर्न जिम्मा दिएको हो।

कोरोना संक्रमणबाट घेरिँदै पोखरा

गण्डकी प्रदेशका विभिन्न जिल्लामा कोराना संक्रमित युवा भेटिएसँगै प्रदेश मुकाम पोखरा पनि कोरोना भाईरसको संक्रमणबाट घेरिँदै गएको छ। प्रदेश राजधानी भएकै जिल्ला कास्कीमा भने अहिलेसम्म संक्रमित फेला परिसकेका छैनन। तर, छिमेकी जिल्लाहरु स्याङजा, तनहुँ र लम्जुङमा बिरामी फेला परिसकेका छन्।

‘लकडाउन छल्दै डाँडातिर’ (फोटो फिचर)

बेलुकी पाँच बज्नै लाग्दा गुफाडाँडामा फिरन्तेको भीड लागि सक्छ। गुफाडाँडा फेवातालको दायाँपट्टि पर्छ। यही डाँडा हुँदै मेथलाङसम्म पुग्न सकिन्छ। कोरोना भाइरस संक्रमणको त्रासले गर्दा मुलुक लामो समयदेखि लकडाउनमा छ। तर, त्यही लकडाउनले घरभित्रै थुनिएका नागरिक भने मौका पाउनासाथ डाडाँतिर उक्लिन थाल्छन्।

खुलेको पोखरा, हरियाली फेवा किनार (फोटोफिचर)

२०७७ सुरु भएको तेश्रो दिन बुधबार बिहान पोखरा र खासपासको क्षेत्र निकै नै खुल्यो। अघिल्ला दुईदिनसम्मको धुम्म बादल हटेर बुधबार बिहान छ्यांग खुल्दा पोखरा निकै नै आकर्षक देखिएको थियो। हिमाल छर्लंग मात्र खुलेन की दिउसो अबेरसम्म पाहुनाविहीन भएको पर्यटकीय क्षेत्र लेकसाइड र फेवा किनार पनि चम्कियो।

नाकामा कडाइ, विपन्नलाई राहत

पृथ्वी राजमार्ग हुँदै पोखरा उपत्यका छिर्ने मुख्य नाकामा रहेको पोखरा महानगरपालिका–३२ ले नाकामा कडाइ गर्दै विपन्नलाई राहत वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्