४ वैशाख २०८१ मंगलबार
खेल

पोखरा महानगरले खेलकुदको लागि एकीकृत कोष स्थापना गर्ने

कोरोना विमाको प्रमाणपत्र लिदैं पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीको हातबाट लिदैं तेक्वान्दो प्रशिक्षक बलराम लामा । तस्बिर : नागरिक

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलकुदको विकासको लागि एकीकृत कोष स्थापना गर्ने महानगरपालिको सोच रहेको उल्लेख गरेका छन् । ‘खेलकुदको विकासको लागि एकीकृत कोष आवश्यक छ’ उनले भने, कोष स्थापना गर्न सकिए खेलकुदको विकासमा नयाँ आयाम हुने छ ।’  

मेयर जिसीका अनुसार कोषमा राज्यले दिने सहयोग र निजी क्षेत्रबाट प्राप्त सहयोग कोषमै आवस । ‘कोष स्थापनाले मात्रै खेलकुद विकासमा नयाँ आयाम थपिने मात्रै नभई व्यवस्थित समेत हुने छ ।’ तेक्वान्दो डोजाङ प्रमुखलाई राहत वितरण एवं तेक्वान्दो पदाधिकारीको कोरोना विमापछि सम्बोधन गर्दै उनले भने, ‘त्यसको शुरुवात महानगरपालिकाले गर्ने छ ।’ पोखरा महानगरले पनि खेलकुदको पूर्वाधार विकासको लागि वर्षेनी करोडौं रुपैयाँ बजेट छुट्टाउँदै आएको छ । महानगरपालिकाले महानगरकै उच्च उचाईको खेल मैदान पोखरा–२० मौजामा निर्माण गर्न १ करोड रुपैयाँ छुट्टाएको छ ।  

उनले खेलकुद निर्वाहमुखी नभई व्यवसायीमुखी हुनुपर्नेमा जोड दिएका छन् । अब आयोजना हुने खेलकुदका कायक्रमहरु वार्षिक क्यालेण्डरसहित अघि बढ्नुपर्नेमा उनले जोड दिए । ‘कोषको निश्चित मापदण्ड तयार गरेर अघि बढ्ने र त्यसको सुरुवात पोखरा महानगरले गर्ने छ’ उनको भनाई थियो । अग्रजहरुले लामो समयदेखि खेलकुदको राम्रो पूर्वाधार बनोस भन्ने तीव्र चाहना रहेसंगै पोखरामा खेलकुदका पूर्वाधारहरु निर्माण भएको बताउँदै प्रमुख जिसीले भने, 'निर्माण भएका पूर्वाधारको व्यवस्थापन र संरक्षणको आवश्यकता छ ।’  

कास्की जिल्ला तेक्वान्दो संघले आफ्ना मातहातका डोजाङ प्रमुखलाई राहतसंगै कास्की जिल्ला तेक्वान्दो संघका पदाधिकारी तथा सल्लाहाकारहरुलाई कोभिड-१९ विमा गरिदिएको छ । कोभिड-१९ महामारीका कारण तीन महिनादेखि अवरुद्ध बनेका पोखराका १४ तेक्वान्दो डोजाङ प्रमुखहरुलाई राहत स्वरुप नगद १० हजार प्रदान गरेको हो भने २० जनालाई १ लाख बराबरको कोरोना विमा समेत गरेको छ । त्यसै गरि हालै सम्पन्न अन्तर्राष्ट्रिय भर्चुअल पुम्सेमा काश्य पदक जित्ने रेखमाया गुरुङलाई प्रोत्सहान स्वरुप नगद १० हजार प्रदान गरिएको थियो ।  

कास्की जिल्लामा संचालित पोखरामा संचालित २४ वटा डोजाङ र स्कुलहरु कोभिड-१९ का कारण प्रभावित रहेको बताउँदै गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले डोजाङ प्रमुख र संघका सदस्यहरुलाई कोभिड-१९ विमा गराइएको बताए । उनले डोजाङहरुमा प्रशिक्षण प्रभावित भएका कारण निकै ठूलाे समस्या भोग्नु परेकोले डोजाङ प्रमुखहरुलाई राहत स्वरुप प्रति डोजाङ १० हजार प्रदान गरिएको उल्लेख गरे । पोखरा रंगशालामा भित्र मार्शल आर्ट खेलका लागि बहुउद्धेश्यिय कभर्डहल आवश्यक्ता रहेको कुरा उल्लेख गर्दै अध्यक्ष गुरुङले त्यसको डिजाइनिङ तयारी गर्न लागिएको बताए । उनले पोखरा महानगरलाई समेत उक्त कभर्डहल निर्माणका लागि सहयोग गर्न आग्रह गरे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि पोखरा महानगरले विशेष रुपमा सोच्न र बजेट विनियोजन गर्न आग्रह गरे । 'अव पोखरा महानगर होस वा प्रदेश सरकार कसैको पनि खेलकुदमा विनियोजित बजेट फ्रिज नहोस ।' राहत वितरण कार्यक्रममा नेपाल तेक्वान्दो सघका केन्द्रिय सदस्य मदन केसी, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, संघका सचिब कुलचन्द्र शर्मा लगाएतले कोभिड-१९ ले खेलकुदमा पारेको प्रभावका बारेमा धारणा राखेका थिए । पोखरामा सञ्चालित १४ विभिन्न डोजाङ र स्कुलमा समेत गरि करिव १ हजार ५ सय तेक्वान्दो खेलाडीले प्रशिक्षण लिइरहेका छन ।

 

 

प्रकाशित: ६ असार २०७७ १६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App