६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नदीमा डुब्यो एक्स्काभेटर, चालक सकुशल

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-७ खेवाङस्थित निर्माणाधीन काबेली जलविद्युत् आयोजनाको एक्स्काभेटर अनियन्त्रित भई काबेली नदीमा खसेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बागमती प्रदेश-०१-००४ क २९३० नम्बरको एक्स्काभेटर काबेली नदीको किनारमा काम गर्ने क्रममा अनियन्त्रित भई नदीमा डुबेको हो।

प्रहरीका अनुसार एक्स्काभेटर चालक स्थानीय २४ वर्षीय निकेश भट्टराई सकुशल रहेका छन्। हाल नदीमा आधा डुबेको अवस्थामा रहेको एक्स्काभेटर निकाल्ने प्रयास जारी छ।

प्रकाशित: ६ आश्विन २०८१ २१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App