७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

रविले भने: बिराएको छैन, डराएको छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू नडराएको र कुनै गल्ती नगरेको स्पष्ट पारेका छन्।

सहकारीको रकम अपचलन मुद्दामा पक्राउ पर्न लागेको खबरपछि लामिछानेले आफ्नो विरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोपसमेत लगाए।

आइतबार राति रास्वपाको पार्टी कार्यालयमा भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले आफूले कुनै अपराध नगरेको र सत्यको पक्षमा दृढताका साथ उभिएको बताए।

उनले सरकारलाई चेतावनी दिँदै भने, "रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन, बेचिएका मान्छेलाई बचाएर आएको हो।"

सभापति लामिछानेले सहकारी ठगी प्रकरणमा आफू संलग्न नरहेको प्रमाणित भइसकेको भए पनि सरकारले 'ट्रायल' गर्न खोजेको आरोप लगाए।

पार्टीका पदाधिकारीहरूसँग छलफलपछि उनले राति १० बजे नेता-कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अनुसन्धानमा सहयोग गर्दै आएको र आफूले कुनै चुनौतीबाट भाग्न नखोजेको प्रस्ट पारे।

उनले थपे, "म भागेर लुकेर डराएको मान्छे होइन। गल्ती गर्नेहरू भागिरहेका छन्, म शिर ठाडो पारेर यही उभिएको छु।"

प्रकाशित: ६ आश्विन २०८१ २२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App