८ आश्विन २०८१ मंगलबार
image/svg+xml

दल, सरोकारवाला निकाय र सञ्चारको एकताबाटै सुशासन कायम गर्न सकिन्छ : घर्ती

प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले संघीयता कार्यान्वयन, संक्रमणकालीन न्यायजस्ता महत्त्वपूर्ण विधेयकमाथिको छलफललाई प्रभावकारी बनाउन सांसदले अध्ययन, अनुसन्धानलाई सशक्त बनाई थप क्रियाशील हुन आवश्यक रहेकाे बताएका छन्।

सभामुखद्वारा सोनाम ल्होसारको शुभकामना

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होसार पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिएका छन्।

वाङलाई फलफूल व्यापारीको रूपमा चिनेको हुँ: महरा

सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। विहिबार मन्ध्यान्ह उनीसँग आयोगको कार्यालय सिंहदरबारमै बयान लिएको हो।

सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी हुँदैन भनेको छः सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताएका छन्।

हिउँदे अधिवेशनका विधेयकबारे सभामुखको चिन्ता

संघीय संसद्को आगामी अधिवेशन दुई साताभित्र बोलाउने सरकारको तयारी छ। संसदीय समितिमा रहेका विधेयकको टुंगो नलागेमा आगामी संसद्को बैठकमा समेत विजनेश नभएर बैठक औपचारिकतामा मात्र सिमित हुने अवस्था हुनेछ।

दुरी बढ्दै राष्ट्रपति–सभामुख

राष्ट्रपति रामचन्द्र पौडेलले प्रक्रिया नमिलेको भन्दै संघीय संसद् सचिवालयमा महासचिव नियुक्ति प्रक्रिया डेढ महिनादेखि रोकेका छन्।

समितिहरु संसदीय क्यालेण्डरअनुसार चल्न सकेनन्ः सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरु क्यालेण्डरअनुसार सञ्चालन गर्ने प्रयास भएपनि सफल नभएको बताएका छन्।

अरुको साथ लिनेभन्दा एक्लै जाने र विरोध गर्ने प्रवृत्ति देखियो: सभामुख

सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताएका छन्।

सभामुख घिमिरेद्वारा शुभकामना व्यक्त

सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति-माघी पर्वका अवसरमा सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

कानुनी प्रक्रिया नपुग्दा संसदको महासचिवमा सिफारिस पाण्डेयको नियुक्ति अलपत्र

संघीय संसद्को महासचिव नियुक्तिको विषयलाई लिएर राष्ट्रपतिबाट प्रश्न उठेपछि अहिले नियुक्ति प्रक्रिया अवरुद्ध भएको छ।महासचिव पद रिक्त भएसँगै प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवमा नियुक्तिका लागि सिफारिस गरिएको थियो।गत मंसिरको अन्तिम साता महासचिव नियुक्तिका लागि सिफारिस भए पनि राष्ट्रपतिबाट रोकिएर यो प्रक्रिया अड्किएको छ।

बङ्गलादेशकी प्रधानमन्त्री हसिनासहित नवनिर्वाचित सांसद्हरूद्वारा सपथ ग्रहण

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले सपथग्रहण गरेका छन्।

कोशीका सभामुख विष्टले लिए पद तथा गोपनीयताको शपथ

कोशी प्रदेशसभाको सभामुख अम्बर बहादुर विष्टले पद तथा गोपनीयताको शपथ लिएका छन्। विष्टले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सभामुखसंगकाे भेटमा राजदूत हननले भने: विपिन सकुशल रहेको देखिएको छ

गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि विपिन सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुने दुःखद रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्