१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अब कार्यतालिकाअनुसार संसद्

प्रतिनिधिसभाले संसद् बैठक बस्ने दिनको कार्यतालिका बनाउन गृहकार्य गरेको छ। एक महिनदेखिको गृहकार्य सकिएपछि शुक्रबार सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग संसद् सचिवालयले तयार गरेको कार्यतालिकाको खाका प्रस्तुत गरेका थिए।

संसद् बैठक कार्यतालिका बमोजिम सञ्चालन भएमा त्यसले प्रभाकारी रूप लिन सक्ने भन्दै सांसदकै पहलमा सभामुखले कार्यतालिकाको लागि छलफल गरेका छन्। संसद् सचिवालयले तयार पारेको प्रस्तावमा सातामा तीन दिन संसदको बैठक गर्ने तीन दिन समिति बैठक बस्ने उल्लेख छ। प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा प्रि-बजेट छलफल गर्ने कार्यतालिका पनि बनाउने तयारी गरिएको छ।

संसदीय समितिहरू पनि नियमित बस्न नसक्ने भएपछि कार्यतालिका बमोजिम चल्नुपर्ने अवस्था आएको छ। कोरम नपुगेर धेरै बैठक बस्न नसकेको अवस्था र संसदीय समितिमा रहेका विधेयकहरू अलपत्र रहने अवस्थाले पनि संसदीय समितिमा कार्यतालिका आवश्यक परेको छ। सांसदहरू आफू खुसी उपत्यकाबाहिर जाने गरेकाले कार्यतालिकाले उनीहरूलाई जथाभावी बाहिर जानलाई रोक्न सक्ने संसद सचिवालयले जनाएको छ।

संसद् र समितिका बैठक सभामुखले कार्यतालिका बमोजिम अघि बढाउन सक्ने हो भने जनताका आवाज पनि उठिरहने र कानून निर्माण र वेथितिको नियन्त्रण गर्न पनि संसद प्रभावकारी हुने देखिएको संसद् सचिवालयको विश्लेषण छ।

प्रकाशित: २२ पुस २०८० ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App