१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
अपराध

श्रीमतीको हत्या आरोपमा पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा खोटाङका एक युवक सोमबार पक्राउ परेका छन्। जिल्लाको साकेला गाउँपालिका १ बाँझेच्यानडाँडा धारिमका ३३ वर्षीय राजकुमार राई हत्या आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जेठ ८ गते राति ११ः५५ बजे कुटपिट गर्दा २८ वर्षीया श्रीमती शान्ति चर्मकार राईको मृत्यु भएको अनुसन्धानबाट खुलेकाले सदरमुकाम दिक्तेलबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई सोमबारै सदरमुकाम जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।

हत्या आरोपमा राईमाथि कर्तव्य ज्यान मुद्दामा खोटाङजिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रवक्ता इन्स्पेक्टर निराजन बस्नेतले बताए।

प्रकाशित: १२ जेष्ठ २०८३ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App