११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

घट्टे खोलामा तटबन्ध बनाउन तत्काल दुई करोड निकासा हुने

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले  भक्तपुरको सूर्यविनायक नगरपालिका –४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल रु दुई करोड निकासा गर्ने बताएका छन्।

आइतबार बाढीको जोखिम भएका स्थानको निरीक्षणपछि मुख्यमन्त्री थापामगरले तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बताए।

उनले भने, ‘प्रभावित क्षेत्रको संरक्षणका लागि विपद् कोषबाट रु. करोड निकासा गर्नेछौँ।’ 

प्रकाशित: ११ आश्विन २०८३ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App