आईसीसी पुरुष टी-२० विश्वकप एसिया सब-रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली नेपाल आइपुगेको छ।
भुटानी टोलीले नेपाल बसाइका क्रममा पोखरामा चारवटा टी-२० अभ्यास खेल खेल्नेछ। भुटानले सेप्टेम्बर २७ र २८ मा गण्डकी प्रदेश क्रिकेट टोलीसँग दुई खेल खेल्नेछ।
त्यसपछि सेप्टेम्बर ३० र अक्टोबर १ मा भुटानले क्यान-११ सँग दुई अभ्यास खेल खेल्नेछ। चारवटै खेल पोखरा क्रिकेट मैदानमा हुनेछन्।
विश्वकप छनोटअघि तयारीलाई बलियो बनाउने उद्देश्यले भुटानी टोलीले नेपालमा चार प्रतिस्पर्धात्मक अभ्यास खेल खेल्न लागेको हो। अभ्यास खेलपछि भुटानी टोली अक्टोबर ३ मा मलेसिया प्रस्थान गर्नेछ।
प्रकाशित: १० आश्विन २०८३ ११:३९ शनिबार

