१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीका सभामुख विष्टले लिए पद तथा गोपनीयताको शपथ

कोशी प्रदेशसभाको सभामुख अम्बर बहादुर विष्टले पद तथा गोपनीयताको शपथ लिदै। तस्बिर: चुमन बस्नेत

कोशी प्रदेशसभाको सभामुख अम्बर बहादुर विष्टले पद तथा गोपनीयताको शपथ लिएका छन्। विष्टले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

कोशी प्रदेशसभाको आज बसेको बैठकबाट उनी सर्वसम्मत निर्वाचित भएका थिए। गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो।

आज दिउँसो ३:३५ मा बसेको प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको थियो। राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्ति प्रसाद सिटौला तथा समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेश गरेका थिए।

सभामुख निर्वाचनका लागी बिष्टको एकल उम्मेदवारी परेको भन्दै उप सभामुख सृजना दनुवारले बिष्ट निर्विरोध निर्वाचित भएको प्रदेशसभा बैठकमा जानकारी गराएकी थिइन्।

प्रकाशित: २४ पुस २०८० ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App