३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

इलाममा सुहाङले घटाए मतान्तर

इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन्। 

फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना गर्दा नेम्वाङले मतान्तर घटाउँदै लगेका हुन्।

प्रारम्भिक परिणाम अनुसार अहिले कांग्रेसले अग्रता कायमै राखेको छ। कांग्रेस उमेदवार डम्बर बहादुर खड्काले  १ हजार ६५८ मत प्राप्त गरेका छन्।

एमाले उमेदवार सुहाङ नेम्वाङले १ हजार ६३० मत प्राप्त गरेका छन्।  तेस्रो स्थानमा स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम रहेका छन्। उनले ४३०  मत प्राप्त गरेका छन्।  चौथोमा रास्वपा उमेदवार मिलन लिम्बू छन्। उनले ३०८  मत पाएका छन्। 

अहिले फाकफोकथुम गाउँपालिका ४ र ५ को मतगणना भइरहेको छ। 

प्रकाशित: १६ वैशाख २०८१ १८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App