१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी हुँदैन भनेको छः सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताएका छन्।

आईतवार संघीय संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले सोमवारबाट शुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्नुपर्ने बताए। पारित गर्नुमात्रै ठूलो कुरा नहुने भन्दै पारित गरिएका विधेयकहरु कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्ने उनको भनाइ छ।

उनले संसदको सौन्दर्यता भनेकै आवश्यक विधेयक पारितपछि कार्यान्वयन गर्नु रहेको बताए। संसद क्यालेण्डरअनुसार चलाउनुपर्नेमा जोड दिइरहेको उनले बताए। 

प्रकाशित: २१ माघ २०८० १६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App