१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बङ्गलादेशकी प्रधानमन्त्री हसिनासहित नवनिर्वाचित सांसद्हरूद्वारा सपथ ग्रहण

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले सपथग्रहण गरेका छन्। नवनिर्वाचित सांसद्हरूलाई बङ्गलादेशको संसद्का सभामुख शिरीन शर्मिन चौधरीले आज आयोजित सपथग्रहण समारोहकाबीच शपथग्रहण गरएका हुन्।

समारोहमा अन्य दलका नवनिर्वाचित र स्वतन्त्र सांसदले पनि शपथ लिएका छन्।

निर्वाचन आयोगले मङ्गलवार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको अवामी लीग पार्टीले २९८ मध्ये २२२ सिट जितेको छ।

आवामी लीग नेतृत्वको गठबन्धनले २२५ सिटजितेको छ । आम चुनावमा भारी जित हासिल गरेको हसिनाको सत्तारुढ अवामी लीग पार्टीले जनवरी ११ मा नयाँ मन्त्रिमण्डल गठन गर्ने क्याबिनेट डिभिजनका एक वरिष्ठ अधिकारीले बताए।

प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले गराउने निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा हुनेमा आशङ्का व्यक्त गर्दै बङ्लादेश नेशनल पार्टीलगायतका प्रमुख विपक्षी दलहरूले गत आइतबार सम्पन्न निर्वाचनमा भाग लिएका थिएनन्। रासस

प्रकाशित: २५ पुस २०८० ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App