१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कानुनी प्रक्रिया नपुग्दा संसदको महासचिवमा सिफारिस पाण्डेयको नियुक्ति अलपत्र

फाइल तस्बिर

संघीय संसद्को महासचिव नियुक्तिको विषयलाई लिएर राष्ट्रपतिबाट प्रश्न उठेपछि अहिले नियुक्ति प्रक्रिया अवरुद्ध भएको छ।महासचिव पद रिक्त भएसँगै प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवमा नियुक्तिका लागि सिफारिस गरिएको थियो।गत मंसिरको अन्तिम साता महासचिव नियुक्तिका लागि सिफारिस भए पनि राष्ट्रपतिबाट रोकिएर यो प्रक्रिया अड्किएको छ।

सभामुख देवराज घिमिरेले पछिल्लो साता राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेटेका थिए।एमालेको जोडबलमा २०७७ मा महासचिव नियुक्त भएका भरतराज गौतमको अझै आठ महिना बाँकी रहँदा सो पार्टी कै दवावमा राजिनामा गर्न लगाइएको स्रोतको दावी छ।प्रतिनिधिसभाको सचिवमा बहाल रहेका पाण्डेयलाई राजिनामा गर्न नलगाई महासचिवमा सिफारिस गर्न नमिल्ने भन्दै राष्ट्रपतिबाट रोकिएको हो ।

पछिल्लो पटक प्रस्तावित महासचिव पाण्डेयको नागरिकता विवाद पनि आएको छ।पाण्डेयलाई एमालेको सहयोगमा रातारात महासचिव बनाउन लागिएको भन्दै अन्य दलहरु शशंकित पनि बनेका छन्।राष्ट्रपति कार्यालयले महासचिव सिफारिस कानुनअनुसार रीत नपुगेकाले अध्ययनका लागि राखिएको जनाएको छ।रीत नपुग्नुको एउटा कारणमा प्रतिनिधिसभा सचिवमा बहाल रहेकै अवस्थामा महासचिवमा नियुक्तिका लागि सिफारिस आउनु गलत रहेको राष्ट्रपति कार्यालयको भनाइ छ ।

संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ ले प्रतिनिधिसभा सचिवको पद रिक्त हुने अवस्था ‘राष्ट्रपतिसमक्ष राजीनामा दिएमा’ भन्ने उल्लेख भएकोले रोकिएको राष्ट्रपति कार्यालयको भनाइ  । 

महासचिवमा सिफारिस रहेका व्यक्ति प्रतिनिधिसभा सचिवमा बहाल रहेको र राष्ट्रपति समक्ष राजीनामा नआई महासचिवमा नियुक्ति सिफारिस गरिएकाले रीत नपुगेको राष्ट्रपति कार्यालयका अधिकारीको भनाइ छ । ‘ऐनले महासचिव र सचिवको पदमुक्तको व्यवस्था गरेको छ ।बहालवाला सचिवले राष्ट्रपतिसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था छ । त्यो नभई पद रिक्त हुने अवस्था छैन।,

प्रकाशित: २७ पुस २०८० ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App