१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सभामुख क्रिकेट कपमा सिरहा विजयी

जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० मा सिरहाले रोमाञ्चक जित हात पारेको छ। रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रङ्गशालामा आइतबार चार रनले पर्सालाई पराजित गर्दै सिरहा विजयी भएको हो।

मधेस प्रदेशसभाले छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कपको दोस्रो दिन सिरहा क्रिकेट टिम टस जितेर पहिला ब्याटिङ रोजेका थिए। सिरहाका खेलाडीहरू ३८ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ४२ रनको लक्ष्य पर्सा समक्ष प्रस्तुत गरेका थिए। सिरहाको सुरुवाती ब्याटिङ मजबुत देखिएका थिए। ओपनिङ ब्याटिङ गरेका शैलेन्द्र साह र दिपेश दासले ६९ रनको साझेदारी गरेका थिए। दासले ५६ बलमा ४१ र साहले ५१ बलमा ३७ रनको योगदान दिए।  त्यसतै, सिरहाकै लागि कृष्ण साहले ३८ बलमा २२ र रिसब कार्कीले दश रन बनाए।

पर्साको लागि बलिङ गरेका अनुज चौहानले सात ओभरमा एक मेडनसहित मात्र २२ रन खर्चेर पाँच विकेट लिएका थिए। पर्साकै अकुब अन्सारीले तीन, सोनु शर्मा र समसाद मन्सुरीले एक÷एक विकेट लिए।

जवाफी ब्याटिङका लागि आएका पर्सा टिम ३७ ओभरमा सबै विकेट गुमाएर मात्र एक सय ३७ रन बनाउन सके। पर्साका हासिम अन्सारीले ३० बलमा २२ रन, अकुब अन्सारीले ६६ बलमा २६ रन, अनुज चौहानले ४१ बलमा २८ रन बनाए।

सिरहाका लागि बलिङ गरेका पृथ्वी यादवले आठ ओभरमा एक मेडनसहित २० रन खर्चेर तीन विकेट लिए। अफरुदिन राइन, आशुतोष पटेल र तारपेश्वर मुखियाले समान दुई/दुई विकेट लिए। यस खेलको म्यान अफ दी म्याच सिरहाका दिपेश दास घोषित भएका थिए। सोमबारको बारा र रौतहटबिच प्रतिस्पर्धा हुने खेल तालिका छ।

प्रकाशित: १४ माघ २०८० १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App