१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

हिउँदे अधिवेशनका विधेयकबारे सभामुखको चिन्ता

संघीय संसद्को आगामी अधिवेशन दुई साताभित्र बोलाउने सरकारको तयारी छ। संसदीय समितिमा रहेका विधेयकको टुंगो नलागेमा आगामी संसद्को बैठकमा समेत विजनेश नभएर बैठक औपचारिकतामा मात्र सिमित हुने अवस्था हुनेछ। सभामुख देवराज घिमिरेले आइतबार समितिका सभापतिसँग समितिमा रहेका विधेयकलाई टुंगोमा पुर्‍याउन आग्रह गरेका छन्।

यसअघिको अधिवेशनमा एउटामात्र विधेयक पारित गरेर आलोचना भइरहेकोले हिउँदे अधिवेशनमा पनि यो नियति दोहोरिन सक्ने सम्भावना छ। संसदीय समितिले आआफ्नो क्षेत्रभित्रको काम गर्दा विषय एउटै पर्न गएमा एक आपसमा समन्वय गरेर जानुपर्ने अवस्था पनि देखिएको छ।

एनसेलको विषयमा सार्वजनिक लेखा समिति, अर्थ समिति, राज्य व्यवस्था समिति र शिक्षा स्वास्थ्य र सूचना प्रविधि समितिले छुट्टाछुट्टै छलफल गरेकाले सभामुखले एउटै विषयमा समन्वय गर्नुपर्ने कुरा उठाएका थिए।

संसदमा सरकारले नयाँ विधेयक पनि दर्ता गरेको अवस्था छैन, प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका विधेयकलाई अघि बढाउने हो भने प्रतिनिधिसभाको दुई महिने अधिवेश झन् आलोचित बन्ने अवस्था देखिन्छ। समितिमा रहेका विषयका विषयमा छलफल गर्न समितिले क्यालेण्डर बमोजिम काम गर्नुपर्ने सभामुखले बताएका थिए।

सरकारले आगामि मंसिर १८ गते संसद्को अधिवेशन बोलाउन सिफारिस गर्ने कुरा आफूलाई जानकारी गराएको सभामुखले सभापतिलाई बताएको उपस्थित एक सभापतिले जानकारी दिए ।

प्रकाशित: ८ माघ २०८० ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App