२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ओलम्पिकमा पदक जिते दुई करोड रुपैयाँ पुरस्कारः खेलकुदमन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले ओलम्पिकमा पदक जित्ने खेलाडीलाई दुई करोड रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्। दुई करोड रुपैयाँले खेलाडीलाई उर्जासँगै थपिने बताए।

नागरिककर्मी छत्याल पुरस्कृत

नागरिक दैनिकका संवाददाता दिलबहादुर छत्याल लाई प्रथम राज्य लक्ष्मी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

दुईलाख राशीको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना

पोखरामा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना भएको छ। पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले गीत, संगीतका धरोहर, राष्ट्रिय गानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको नाममा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना गरेको हो।

आइकिडोको सातौं डान ग्रेडिङ सम्पन्न

आइकिडो आइकिकाई संघले सातौं डान ग्रेडिङको परीक्षा सम्पन्न गरेको छ। डान ग्रेडिङमा सहभागी सबै खेलाडी परीक्षामा उत्तीर्ण भएका छन्।

मुक्तिनाथ बैंक पुरस्कृत

कर्पोरेट क्लबद्वारा आयोजित ‘एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१’ को वित्तीय सेवा वर्गमा मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ।

गौतमलाई बागलुङको सिर्जनशील पत्रकारिता पुरस्कार

सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ। आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

सौरभले पाए अन्तर्राष्ट्रिय पुरस्कार

रिमाल बाबासाहेब आम्बेडकर भनेर चिनिने भीमराव रामजी ‘श्री आम्बेडकर सेवा श्री पुरस्कार’बाट सम्मानित भएका हुन्।

थेम्मृङ पत्रकारिता पुरस्कारबाट अग्रज सञ्चारकर्मी जोशी सम्मानित

कार्यक्रममा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल, मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलगायतले सम्मान गरेका थिए।

छ जनालाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार

कृषि पेशामा राम्रो गरेका कैलाली र कञ्चनपुरका ६ जना कृषक पुरस्कृत भएका छन्। सोमबार धनगढीको भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास निर्देशनालय दिपायल डोटीले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्वारा पुरस्कृत गरेको हो।

फागुन ७ गते धरान १० के रन हुने, पुरस्कार राशीमा वृद्धि

पुरस्कार राशी वृद्धि भएसँगै प्रथम, दोस्रो र तेस्रो हुने धावकधाविकहरुले जनही क्रमशः ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउनेछन्।

उच्च सफलताको रहस्य

मानविकी संकायमा रुचि भएका विद्यार्थीसमेत विज्ञानको क्लिष्ट अन्वेषणका लागि काबिल हुन सक्छन् भन्ने प्रमाणित भयो ।

‘पृथ्वीलाई क्यासिनो ठान्ने प्रवृत्तिले मानव जातिको अस्तित्व संकटमा’

नोवेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले पृथ्वीलाई क्यासिनोजस्तै पैसा बनाउने साधनको रूपमा हेर्ने मानवीय प्रवृत्ति बढ्दै जाँदा मानव जातिको अस्तित्व नै संकटमा परेको चेतावनी दिएका छन्।

प्राकृतिक परीक्षणलाई अर्थशास्त्रको नोबेल पुरस्कार

यस वर्षको अर्थशास्त्रको नोबेल पुरस्कार अर्थशास्त्रीहरू डेभिड कार्ड, जोसुआ डी अंग्रिस्ट र गुइडो डब्लू इम्बेन्सले जितेका छन्। उनीहरूले अमेरिकाको फास्ट फुड क्षेत्रमा न्यूनतम ज्याला वृद्धिदेखि क्यास्ट्रो–युगको क्युबाबाट बसाइँसराइसम्मको वास्तविक दुनियाँको आर्थिक प्रभाव देखाउने ‘प्राकृतिक परीक्षण’ अन्वेषणका लागि उक्त पुरस्कार पाएका हुन्।

मेटलाइफका प्रतिनिधिलाई सम्मान

मेटलाइफ नेपालले वार्षिक पुरस्कार समारोहमा आफ्ना उत्कृष्ट एजेन्सी प्रतिनिधिलाई सम्मान गरेको जनाएको छ।कम्पनीले एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।

तुलसी दिवस र दुर्गा घिमिरेलाई १–१ लाखको पुरस्कार

संस्कृतिकर्मी तुलसी दिवस र महिला सशक्तिकरणमा क्रियाशील दुर्गा घिमिरे पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवाबाट दिवस र घिमिरेलाई पुरस्कृत गर्न लागिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्