२१ आश्विन २०८१ सोमबार
image/svg+xml

स्थापना भयो सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र

केन्द्रले सिद्धिश्वरमान स्मृति पुरस्कार कोषसमेत स्थापना गरेको छ। हरेक वर्ष साहित्य र साहित्यिक पत्रकारितामा योगदान गरेका सर्जकलाई उक्त पुरस्कार प्रदान गरिने पनि केन्द्रले जनाएको छ।

दाहाललाई गाउँपालिकाको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार

२०७५ साल मंसिर १७ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा दिप्रुङ चुईचुम्मा गाउँपालिका आएका दाहाललाई गाउँपालिकाको संमृद्धि, विकास र अग्रगमनका लागि हरेक प्रकारका आरोह अवरोहरुको सामना गर्दै सेवा प्रवाहमा अतुलनीय योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको हो।

आज पुरस्कृत हुने ४० निजामती कर्मचारीको नाम सार्वजनिक (सूचीसहित)

सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । दुई दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइने व्यवस्था भए पनि सर्वोत्कष्ट कर्मचारी सिफारिस गरिएको छैन।

टंकप्रसाद - रमादेवी पाठक पत्रकारिता पुरस्कारको घोषणा

तीन दशक अघिदेखि पत्रकारितामा रहनुभएका भण्डारी छापा माध्यमबाट पत्रकारिता सुरु गरेर हाल टेलिभिजनका चर्चित अन्तरवार्ताकारका रुपमा परिचित छन्। सुशासन एवं भ्रष्टाचार बिरुद्ध कलम चलाउने तथा श्रव्यदृष्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई सो पुरस्कारद्वारा सम्मानित गरिदै आएको छ।

कोरोना हिरोलाई 'शहीद मनोज जोशी प्रतिभा पुरस्कार'

खोटाङमा कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका क्रममा अग्रणी भूमिका खेल्ने स्वास्थ्यकर्मी र चालकलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ।

मदन पुरस्कार-२०७७ को प्रारम्भिक सूची सार्वजनिक

मदन पुरस्कार-२०७७ को प्रारम्भिकछनाैटमा परेका पुस्तकहरूकाे सूची सार्वजनिक गरिएको छ।

नोबेल पुरस्कार विजेताबाट अर्थशास्त्र पढेँ तर फोटोग्राफीमा आएँ

एक धेरै ठूला प्राध्यापक थिए, जेम्स ब्योर्कमान, उनी अमेरिकन थिए, आफ्नो अध्यापनका क्रममा आफ्नो आधाभन्दा बढी जिन्दगी यही नेदरल्यान्ड्स अनि विश्वका विभिन्न विश्वविद्यालयमा भिजिटिङ लेक्चर्स दिएर अनि सेमिनारमा बिताए। उनी घुम्न, रमाइलो गर्न वर्षैपिच्छे नेपाल जान्थे। सन् १९९६ मा मैले पहिलोपटक भेट्दा उनले मलाई भनेका थिए, ‘म २६ पटक नेपाल गइसकेको छु, हरेक वर्ष जान्छु।’ यस हिसाबले उनी अहिलेसम्म ५१ पटक नेपाल गए होलान्।

कृत्रिम बौद्धिकताले नोबेल पुरस्कार जित्यो भने !

नोबेल कमिटीले युल्यालाई ‘आविस्कार’ भनेर उल्लेख गर्दा कतिपयले यसलाई एक चतुर उपकरणभन्दा बढी मान्न नसकिने भन्दै रोष प्रकट गरेका छन्। ‘कृत्रिम बौद्धिकताले आविस्कार गर्न सक्छ भनेर मान्न सकिँदैन,’ प्रागस्थित युरोपियन रोबोटिक्स इन्स्टिच्युटका हार्स क्रिटिक भन्छन्।

कवि एमबी थुलुङलाई ‘लिब्जु–भुम्जु पुरस्कार’

२०७७ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि एमबी थुलुङलाई प्रदान गर्ने निर्णय गरिएको छ। वाम्बुले राई भाषाको ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकामा वर्षभरी प्रकाशन भएका रचनामध्येबाट थुलुङको गीत ‘लिब्जु–भुम्जु पुरस्कार’का लागि उत्कृष्ट ठहरिएको हो।

प्रधानमन्त्रीबाट ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका छन्।

स्टाफ नर्स र एम्बुलेन्स चालकलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार

मदन भण्डारी फाउण्डेशनको बैठकले २०७७ सालको सो पुरस्कार नरहरीनाथ गा.पा.४ कालिकोटकी सहकरी र इच्छाकामना गाउँपालिका ३ का गुरुङलाई दिने निर्णय गरेको हो।

रौतहटमा अर्को पत्रकारिता पुरस्कार स्थापनाको घोषणा

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व उपाध्यक्ष तथा रेड टेलिभिजनका सञ्चालक जयप्रकाश यादवले आफ्नी पत्नी दिवंगत सञ्चार उद्यमी रामा यादवको स्मृतिमा हरेक वर्ष एकजना सञ्चारकर्मीलाई प्रदान गर्ने गरी रामा यादव स्मृति पत्रकारिता पुरस्कारको घोषणा गरेका छन्।

पत्रकार चौधरीको स्मृतिमा पुरस्कार स्थापना

कोरोना संक्रमणले मृत्युवरण गरेका पत्रकार चौधरीको स्मृतिमा मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ।

२०७६ र २०७७ को वरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पुरस्कार घोषणा, क-कसले पाउने?

छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दुई सालको वरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा एकैपटक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्